विद्युतीय मोटर प्रयोग गरी खानेपानी

१७ बैशाख ७५, मंगलबार

तेह्रथुम, १८ वैशाख ः तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ ।

जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने उपभोक्ता समितिले जनाएको छ ।

ग्रामीण खानेपानी तथा कोष विकास समिति फनबोर्डको सहयोगमा देउराली सोसाइटीको सहजीकरणमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत चापाबोटे पँधेरे लिफ्टिङ खानेपानी तथा सरसफाइ समितिले निर्माण गरिरहेको छ ।

Advertisement

योजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब पानी वितरणको तयारी भइरहेको देउराली सोसाइटीका सामाजिक परिचालक सन्जु तुम्बाहाम्फेले बताइन् ।

तत्कालीन जलजले गाविसको रु पाँच लाख, फनबोर्डको ५० लाख र स्थानीयवासीको नगद तथा श्रमदान रु १७ लाख गरी कूल रु ७३ लाखको लगानीमा निर्माण भएको योजनाबाट पानी जडान भएपछि जलजलेका १०२ घरधुरीका ६५४ जनाले स्वच्छ पिउने पानीको सेवा प्राप्त गर्नेछन् ।

Advertisement

लिफ्ट गरिएको पानी तानेर जम्मा गर्नका लागि गाउँको सिरानमा १६ घन मिटरको ट्यांकी निर्माण गरिएको छ भने मुहान नजिकै आठ÷आठ घनमिटरका ट्यांकी निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top