दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

सोल, १८ वैशाख ः दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ ।

उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो । दक्षिण कोरियाको सैनिक स्रोतलाई उद्धृतगर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट उक्त कार्यालय मङ्गलबार हटाइएको बताइएको छ ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले विगत लामो समयदेखि यस्तो प्रचार कार्यालय राखेर उत्तर कोरियाका बिरुद्धमा प्रचार गर्दै आएको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक सैनिक समूह राखेर उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने गरेको थियो ।

उक्त क्षेत्रमा ठूलो आवाजका साथ माइक लगाएर उत्तरका विरुद्धमा दक्षिण कोरियातर्फका नागरिकलाई जानकारी दिने गरिएको थियो ।

गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने जनाएका थिए ।

गत शुक्रबारको उक्त सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाएको जनाएको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले सो कुराको जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको र शान्तिग्रामका रुपमा चिनिएको पानमुनजोममा भएको सो शान्ति सम्झौताको पालना गर्ने पहिलो पहलस्वरूप सो संयन्त्र हटाउने निर्णय गरिएको हो ।

दुई कोरियाली उच्च नेताहरूबीच भएको यो सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको छ । यस कार्यालय हटाएपछि उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

यस सम्झौताले विशेषगरी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच थप आशा जगाएको छ । उनीहरुमा पुनर्मिलन हुनसक्ने आशा दुई कोरियाबीचको यो पछिल्लो वार्ता र सम्झौताले थपेको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन आएको छ ।

उनको यो प्रतिबद्धताका कारण कोरियासँग वार्ता गर्न अरु देशहरु पनि इच्छुक भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने जानकारी हालैमात्र दिएका थिए ।

उनले उत्तर कोरियाले अरु देशहरुसँग गरेका वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्णरुपमा अघि बढिरहेकाले नेता उनसँग आगामी केही हप्तामा अमेरिकाले पनि वार्ता गर्ने बताएका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top