×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

धरान उपमहानगरपालिकाद्धारा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन प्रथामिकतामा, यस्ता छन् धरानका धार्मिक पर्यटकीय स्थलहरु

१८ बैशाख २०७५

विराटनगर, वैशाख १८
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका पूर्वी नेपालको एक सुन्दर ऐतिहासिक,धार्मीक र पर्यटकीय क्षेत्र हो । प्राकृतिक सुन्दरता अनि त्यसबाट श्रृजित सामाजिक सांस्कृतिक वैभव र विविधताको कारण धरान आफैमा विशालतम मानिन्छ ।

Advertisement
Advertisement

धरान प्राकृतिक दृष्टिकोणले पर्यटकीय क्षेत्र त होनै धार्मिक पर्यटनका हिसाबले पनि धरानको महत्व बेग्लै छ । झण्डै २ दशक सम्म जनप्रतिनिधि नहुँदा पर्यटकीय दृष्टिकोणले धरान सम्पन्न भएपनी धरानको पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन नगन्य मात्रामा थियो । तर, अहिले धरान उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचीत भएर आईसकेपछीको पहिलो नगर परिषदलेनै पर्यटन क्षेत्रलाई प्रथामिकतामा राखेर सोहि अनुरुपको बजेट विनियोजन भएको छ ।

विनियोजित बजेटबाट धरानका पर्यटकीय क्षेत्रहरुको विकास र पर्यटन प्रवद्र्धनका लागि थुप्रै कामहरु हुँदै आएका छन् । धरान उपमहानगरपालिकाले धरानको पर्यटन विकासका लागि प्रयाप्त बजेट विनियोजन गरेर विभिन्न संरचनाहरुसमेत निर्माणकार्यको थालनि गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए ।

धरान उपमहानगरपालिका वडा नम्बर १४ धार्मिक पर्यटनका हिसाबले निकै महत्वपुर्ण छ । उक्त वडाको विजयपुर डाँडामा मात्र आधादर्जन बढी देवीदेवताका मन्दीर रहेका छन् । जुन मन्दिरहरुमा दैनिक स्वदेशका मात्र नभएर छिमेकी देश भारत लगायत विभिन्न मुलुकहरुबाट दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् ।

यी हुन धरानका धार्मिक तथा पर्यटकीय स्थलहरु
१.पिण्डेश्वर वावा धाम


धरानको विजपुर डाडामा रहेको पिण्डेश्वर बावाधाम हिन्दूहरुका लागि पवित्र तीर्थस्थल मानिन्छ । पुराणमा उल्लेख भए अनुसार देव र दानवले समुन्द्र मन्थन गरी निकालेको विष र अमृत मध्ये अमृत छानी फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानको रुपमा पिण्डेश्वरलाई लिइन्छ ।

पिण्डेश्वरमा सिद्धि विनायक, बाधम्वर , र चिताम्वस्वरका मन्दीर छन् । पिण्डेश्वरमा श्रावण महिनामा ठूलो मेला लाग्दछ । चतहरा स्थित सप्तकोशी नदीवाट पैदल जल ल्याएर पुण्य कमाउन भक्तजनहरुको श्रावण महिनाभर ताँति लाग्ने गर्दछ । पिण्डेश्वर महादेव मन्दिरको विषेशता र महत्व बेग्लै रहेको मुल पुजारी विनोद पोखरेल बताउँछन् ।

२.दन्तकाली मन्दीर


सुनसरीको धरान १४ विजयपुर डाडाको मध्य भागमा दन्तकाली मन्दिर रहेको छ । यस मन्दीरलाई श्री स्वास्थानी व्रतकथाका आधारमा सतीदेवीको दात पतन भएको स्थान मानिन्छ । यस मन्दीरमा दाँतको प्रतिक राखी पूजा गरिन्छ ।

दन्तकाली मन्दीरमा तीज, स्वास्थानी र दशैको नैरथामा मेला लाग्ने गर्दछ । दन्तकाली मन्दिरबाट भरानको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ । यस स्थानबाट कोशी टप्पू, उदयपुर, सप्तरी र सुनसरीका धेरै स्थान देख्न सकिन्छ । यस मन्दीरमा पनि विभिन्न स्थानहरुबाट भक्तजनहरु दर्शनका लागि आउने गरेको मन्दीरमा पुजारी विश्वराज खनालले नेपाल टाईम्सलाई बताए । भक्तजनहरुपनि मन्दीरमा दर्शन गर्न आउँदा मनोकांक्षा पुरा हुने जनविश्वासले दर्शनका लागि आउने गरेका छन् ।

३.बुढासुब्बा मन्दीर


त्यस्तै धरानको विजयपुर डाडामा अवस्थित बुढासुव्वा मन्दीरमा सुब्बा सूव्ब्नीका प्रतिक दुईवटा माटाका ढिस्का छन् । सेउती खोलाको डिलमा रहेको यो मन्दीर परिसरमा भएका वासका टुप्पा छैनन् ।

बुढा सूव्वाको समाधी स्थल मानिएको यस क्षेत्रमा बुढासुब्बाले गुलेली हानेर टुप्पा भाचिदिएको आधारमा बासका टुप्पा नपलाएको विश्वास गरिएको छ । बुढासुव्वालाई कुखुरा, भाले, र वंगुरको बली दिने परम्परा रहेको छ । बुढासुवा मन्दिर परीसरमा रहेका वासमा धागो बाध्नाले माया पिरती गाढा हुने र दाम्पत्य जिवन सफल हुने विश्वास भक्तजनहरुको छ ।

४.पञ्चकन्या मन्दिर र भताभुंगे राजाको दरवार
धरान विजयपुरको सिरानमा रहेको पन्चकन्या मन्दिर र त्यसको छेउमा पर्ने भताभुङगे राजाको दरवार ऐतिहासिक हिसावले महत्वपूर्ण छन् । पन्चकन्या क्षेत्रमा पन्चकन्या र पाथिभरादेविका मन्दिर स्थापना गरिएका छन् ।

भताभुङगे राजाको दरवार क्षेत्रमा भने किरातहरुले साकेला थान निर्माण गरेका छन् । धरानको पर्यटकीय सुन्दरता हेर्न सकिने यस एकान्त बन क्षेत्रले पर्याटकको मन लोभ्याउने गर्दछ ।

धरान वडानम्बर १४ मा अवस्थित यी मुख्य चार धार्मिक स्थलहरु र सो क्षेत्रको पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि उपमहानगरपालिका र वडा समितिले गुरु योजना बनाएर काम अघि बढाएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् ।

५. विष्णु पादुका
सुनसरीको पूर्वी पहाड र तराइको प्रमुख व्यपारिक केन्द्र धरानबाट ५ किलोमिटर उत्तर पश्चिममा विष्णु पादुका पर्दछ । कोखा, संखधारा र विष्णुधराको संगम स्थल विष्णुपादुका हिन्दुहरुको पवित्र तीर्थस्थल मानिन्छ । विष्णुका खुट्टा राखिएको विष्णुपादुका मन्दीर छेउमा लामाको गुम्बा पनि राखिएको छ ।

पुसे औशीका दिन मेला लाग्ने विष्णु पादुकामा भारत भुटान र बर्मावाट समेत पीतृ श्राद्ध गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । धार्मीक हिसावले अत्यन्तै महत्पूर्ण विष्णुपादुकाबाट धरानको सुन्दरता, चारकोशे झाडि,तराइको मनोरम फाँट र पहाडको आकर्षक दृष्य हेर्न सकिन्छ ।

६. विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एक महत्पुर्ण गहना हो । चिकित्सकीय अध्यन र उपचार हुदै आएको यस प्रतिष्ठानमा प्रदेश नं. १ मा पर्ने सवै जिल्लाहरुबाट उपचारका लागि विरामीहरु आउने गरेका छन् ।

Advertisement

दक्षिण एसियाकै उत्कृष्ठ अस्पतालका रुपमा प्रतिष्ठीत यस प्रतिष्ठान अबलोकनका लागि धरान पुग्ने प्राय सवै पुग्ने गरेका छन् । अध्यन र उपचारका हिसाबले पनि धरान स्वस्थ्य पर्यटनका हिसाबले पनि धरान अगाडी छ । यसरी धरान उपमहानगरपालिका धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले सम्पन्न त छ नै अझ यस्ता पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि धरान उपमहानगरपालिकाले वर्षेनि बजेट बिनियोजन गरेर कार्यान्वयन गर्न जरुरी देखिन्छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top