गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता

१९ बैशाख ७५, बुधबार

तेह्रथुम, १९ वैशाख ः जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ ।

Advertisement

गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो ।

गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।

Advertisement

नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने ध्येयले प्रशासनले जिल्लाका सबै स्थानीय तहका केन्द्रमा घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

संघीयता कार्यान्वयनको चरणमा जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवा सुविधा गाउँगाउँमा पुगेका तर नागरिकता प्राप्त गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता नागरिकमा रहिरहेका कारण नागरिकको सुविधाका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

Advertisement

कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र फेदाप गाउँपालिकामा समेत घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top