नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड

विराटनगर, वैशाख १९ ः साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजवुद बनाउन हालै ढाकामा विशेष साहित्यिक कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका उपसभामुख मो.फैजल रब्बी मियाले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुट सम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको उल्लेख गरे ।

सो अवसरमा नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, गीतकार पुष्पा खनालको म्युजिक भिडियो “यो आँखाको पानीलाई” सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बंगलादेशका कविहरु मोहम्मद नुराल हुडा, हबिबुल्लाह सेराजी, प्रा. डा.दिलारा हाफिस, रविउल हुसेन, मुस्तफा मजिद, अफ्रुजा सुल्ताना तथा नेपालका साहित्यकारहरु नगेन्द्रराज शर्मा, मञ्जुुल, सुस्मिता नेपाल, प्रा. डा. कुसुमाकर न्यौपाने, पुष्पा खनाल, मोहन चापागाई, नवराज पुडासैनी तथा सरस्वती शर्मा जिज्ञासु र नेपाली दूतावासका उप–प्रमुख धनबहादुर ओलीले आ–आफ्ना रचनाहरु वाचन गरेका थिए ।

Advertisement

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत प्रा. डा. चोपलाल भुसालले दुई देशबीचको सामाजिक, सांस्कृतिक समानता कारण घनिष्ठ सम्बन्ध रहि आएको उल्लेख गरे ।

वरिष्ठ कवि मञ्जुलले बंगलादेशी साहित्यकार तथा यहाँका जनताहरु धेरै सहयोगी, मित्रवत् तथा हामीको भावना बोकेर हिँड्ने खालका भएको बताए ।

Advertisement

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले दुई देशका जनताबीचको न्यानोपनका कारण नेपाल स्रष्टा समाजको स्थापना अघिदेखि नै बंगलादेशका साहित्यिक संस्थाहरुसँग गाढा सम्बन्ध बनिसकेको बताए ।

बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष मो.इम्दादुल हकले कार्यक्रम सफल बनाउन हरतरहले प्रयासरत सोसाइटीका कार्यसमिति सदस्यहरु तथा अन्य सबैलाई धन्यवाद ज्ञापन गरे ।

स्रष्टा पुष्पा खनालले कुनै जात, जाति, भाषा र धर्म तथा राजनीतिक, सामाजिक, सांस्कृतिक आस्थाभन्दा पर पनि एउटा सम्बन्ध हुन्छ जसलाई सङ्गीतले मात्र जोड्न सक्छ भनिन् ।

बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीको निमन्त्रणामा गत शुक्रबार बंगलादेशको ढाका गएको नेपाली स्रष्टाहरुको साहित्यिक टोली चारदिने भ्रमण पूरा गरी गत सोमबार नेपाल फर्किएको छ । नेपाल र बंगलादेशका यी दुई संस्थाबीच दशक लामो साहित्यिक, सांस्कृतिक सम्बन्ध रहिआएको छ ।

नेपाल स्रष्टा समाजले विगत १० वर्षदेखि नै यस खालका अन्तर्राष्ट्रिय अवसरहरूमा नेपाली साहित्यकारहरूको टोली पु¥याई साहित्यिक अन्तक्र्रिया गराउने गरेको छ । समाजमा हाल १५५ जना सदस्य देशभरि छरिएर रहेको कुरा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top