प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

टेकराज बन्जरा
विराटनगर ,बैशाख २१ ः विश्व प्रेस स्वतन्त्रता दिवसमा आज पत्रकार महासंघ मोरङले प्रभातफेरी गरेको छ ।

पत्रकार महासंघ मोरङकोे  कार्यालयबाट निस्कीएको प्रभातफेरी भट्टीमोड,ट्राफिक चौक हुँदै पुनः महासघं अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा सहभागीहरुले स्वतन्त्र प्रेस लोकतन्त्रको खम्बा हो, मे ३ प्रेस स्वतन्त्रता दिवस सफल पारौँ,पत्रकार माथिको धम्की र दुब्र्यवहार अन्त्य गर,प्रेस स्वतन्त्रता तथा अभिब्यक्ती स्वतन्त्रता कायम गरौँ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष कुमोद अधिकारीले पत्रकारहरुले अझै पनि खुलेर समाचार लेख्न तथा फोटो खिच्न नपाएको बताए । उनले हिँजो मात्रै भएको पत्रकारमाथिको हातपातलाई औँल्याउँदै अझै पनि पत्रकारहरुमाथि दुर्ब्यबहार हुनु दुखद् भएको बताए ।

प्रभातफेरी कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको पनि उपस्थिती थियो ।

कार्यक्रममा मेयर पराजुलीले पत्रकारीता गरेर जीवनयापन गर्न नसकीरहेको अवस्था औँल्याउँदै धेरै पत्रकारहरु जीवनयापनका लागि पलायन भएको बताए ।

प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै मेयर पराजुलीले स्वतन्त्र प्रेसकालागि राज्यले पत्रकारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने बताए ।उनले महानगरपालिकाले सञ्चार माध्यमलाई दिँदै आएका सुविधामा केही बृद्धि गर्ने पनि जानकारी दिए ।

प्रभातफेरीमा पत्रकार महासंघ मोरङका पुर्बअध्यक्षहरु मोहन भण्डारी,यज्ञ शर्मा, महेन्द्र बिष्ट तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुको उपस्थिति थियो ।

प्रभातफेरीमा सहभागिहरुले सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्नुपर्ने बताएका थिए ।

नेपालमा प्रेस स्वतन्त्रता हननका घटना
नेपालमा मे ४, २०१७ देखि मे ३, २०१८ सम्म प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको धम्की र दुव्र्यवहारका १९ वटा घटना भएका छन् भने पत्रकारमाथिको आक्रमणका १७ वटा र पत्रकार पक्राउका १६ वटा घटना भएका छन् ।

त्यसैगरी कब्जा, अपहरण र अवरोधका ६ वटा घटना भएका छन् । त्यस्तै नीतिगत अवरोधका ३ वटा घटना छन् भने पत्रकारलाई बेपत्ता पार्ने १ वटा घटना भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top