ओली र प्रचण्डबीच छलफल

२० बैशाख ७५, बिहीबार
Share this
711shares

काठमाडौँ, २० वैशाख ः पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

Advertisement

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उनीहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top