Nepal Times
Nepal Times
3
Shares

ओली र प्रचण्डबीच छलफल

ओली र प्रचण्डबीच छलफल

काठमाडौँ, २० वैशाख ः पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उनीहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.