कैलालीमा श्राद्धको प्रसाद खाँदा एकको मृत्यु, अन्य १९ जना बिरामी

३१ भदौ, कैलाली । कैलालीको गोदावरी नगरपालिकामा श्राद्धको प्रसाद खाँदा एक जनाको मृत्यु भएको छ भने गाँउका अन्य १९ जना बिरामी परेका छन्।

नगरपालिकाको वडा नम्बर १० खमौरामा २७ गते स्थानीय भीम विष्टका घरमा गरिएको श्राद्धमा प्रसाद खाएकाहरू बिरामी भएका हुन्।

१८ वर्षीय सुरेश बोहराको मृत्यु भएको हो। उनी २७ गतेदेखि नै बिरामी परेका थिए। पद्मा अस्पतालमा उपचार गरी फर्केका उनी फेरि बिरामी भएपछि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको केही घण्टामै मंगलबार बेलुका ५ बजेतिर बोहराको मृत्यु भएको वडा अध्यक्ष रविन्द्र शाहीले बताए।

Advertisement

बिरामी परेकाहरूमध्ये १२ सेती प्रादेशिक अस्पतालमा, ३ जना नवजीवन अस्पतालमा, २ जनाको माया मेट्रो अस्पताल धनगढीमा र २ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको वडा अध्यक्ष शाहीले बताए।

उनले अझै बढीले प्रसाद खाएकाले बिरामी थपिन सक्ने बताए ।

Advertisement

सेती प्रादेशी अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले ‘फुड प्वाइजनिङ’ भएर उनीहरू बिरामी परेको बताए ।

केहीलाई बेहोस भइरहने, बर्बराउने, झाडाबान्ता हुनेजस्ता लक्षण देखिएको उनले बताए ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top