द्रुतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

१९ बैशाख ७५, बिहीबार

काठमाडौँ, २० वैशाख ः नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् ।

कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। डिपिआरका लागि आवेदन दिनेमा भारत र चीनदेखि युरोपसम्मका निर्माण कम्पनी छन् । डिपिआरका लागि प्राप्त आवेदनको अध्ययन गरी सर्ट लिष्ट तयार गर्ने काम भइरहेको सेनाले जनाएको छ ।

यसअघि द्रुतमार्गको डिपिआर भारतीय निर्माण कम्पनीले तयार गरेको थियो । उक्त कम्पनीले डिपिआरको शुल्क महँगो मागेपछि सेनाले अर्काे डिपिआर बनाउने निर्णय लिएको हो । राजधानीबाट तराई–मधेश जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको उक्त द्रुतमार्ग निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । अब करीब १५ दिनभित्रै डिपिआर कसले तयार गर्ने भन्नेबारे टुङ्गो लाग्ने सेनाले विश्वास गरेको छ ।

Advertisement

द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले पाँच पाँच स्थानमा स्थायी र अस्थायी आधार शिविर खडा गरिसकेको छ । यसअघि उक्त राजमार्गको नमूना मार्ग पनि नेपाली सेनाले नै खोलेको थियो । द्रुतमार्ग निर्माणमा अहिले स्वदेशी २५ कम्पनीले काम गरिरहेका छन् ।

थप दुई कम्पनी कामका लागि छनोटमा परिसकेका छन् भने एउटा कम्पनीका लागि पुनः बोलपत्र आह्वान भइरहेको छ । राजमार्ग निर्माण गर्ने क्रममा सडकको रेखाङ्कन परेको क्षेत्रका रुख कटान गर्ने काम अन्तिम चरणमा पु¥याइसकिएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त द्रुतमार्ग निर्माणले राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top