×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

सरकारको अनुमति कुर्दै खेल र खेलाडी

३१ भाद्र २०७७

३१ भदाै, काठमाडाैँ ।

७ महिना देखी खेलाडीले नियमित प्रशिक्षणलाई सहज तरिकाले गर्न पाएका छैनन् । १३ औं दक्षिण एसियाली खेलकुद सागपछि कति पय खेलाडी प्रतियोगिता विहिन भए भने ओलम्पिकमा छनोट भएका केही खेलाडीको लक्ष्य पातलो हुँदै गएको छ । अन्य देशमा सहभागि हुने नेपाली खेलाडीका प्रतिस्पर्धीले मापदन्डभित्र रहेर खेललाई निखारी रहँदा नेपाली खेलाडी भने सरकारले दिने अभ्यास अनुमति कुरि रहेका छन् ।

Advertisement
Advertisement

सरकारले तोकको मापदण्डलाई पालना गर्दै लकडान र निषेधाज्ञाको बीचमा खेलाडी अभ्यासमा फर्किएका थिए । घरको सिमित वातावरणमा समेटिएका खेलाडी कोर्टमा फर्किदा हौसिएका पनि थिए । तर लगत्तै लागेको नषेधाज्ञाले खेलाडीलाई निराश बनायो । अहिले अवस्था केही खुकुलो बन्दै गएको छ । उद्योग, कल कारखाना देखी व्यवसायले मापदन्ड अपनाएर खोल्ने अनुमति पाए पनि भिडभाड हुने गतिविधि सञ्चालनमा आउन सकेका छैनन् । त्यो मध्येको खेलकुद क्षेत्र पनि फर्किन सकेको छैन । अन्य क्षेत्रमा खुकुलो अपनाएसँगै खेलकुद क्षेत्र फर्काउन पहल भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार खेल क्षेत्र खुलाउने गरी सम्बन्धित पक्षसँग आफुले नियमित छलफल गरिरहेको उनले बताए । बढीमा अबको ७ दिनभित्रमा खेलकुद प्रशिक्षणका गतिविधिहरु पनि सञ्चालन गर्न सरकारले अनुमति दिनेमा उनले विश्वास व्यक्त गरे ।

मापदण्ड पालना गर्दै बी र सी डिभिजनको महिला लिग र राष्ट्रिय लिग सुरु गर्ने विषयमा पनि राखेपमा कुरा आइरहेकाले त्यो विषयमा पनि छलफल चलिरहेको उनले बताए । उपत्यकामा तत्काल सम्भव नभएपनि जुन खेलाडी जहाँ छ त्यही ठाउँमा प्रशिक्षणको वातावरण बनाउने र अवस्था सहज हुँदै गएपछि खेलाडीहरुलाई प्रशिक्षणमा सहभागित गराउनुपर्ने विषयमा छलफल चलेको सिलवालले बताए । अन्य खेलकुद गतिविधिहरु पनि अवस्थ हेरेर प्रशिक्षण सुरु गर्नुपर्ने र अहिलेको अवस्थामा पदकाधारी खेलाडीहरुलाई तत्काल प्रशिक्षणमा सामेल गराउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

विश्वका अन्य मुलुकहरुमा आफ्नै होस्टेल भएका कारण पनि खेल गतिविधिहरु सञ्चालनमा समस्या नभएको उनको भनाईछ । नेपालको सन्दर्भमा घरबाट वा डेरामा बसेर खेल्नुपर्ने अवस्था भएका कारण संक्रमण त्रास रहेको उनले बताए ।

नेपाली खेलाडी अभ्यासमा फर्किन आतुर छन् । शारीरिक हिसाबमा सन्तुलन रहन भए पनि खेलाडीको दिन नियमित प्रशिक्षको पर्खाइमा वितिरहेको छ । सागमा पाएको सफलता पछि ओलम्पिक लक्ष्य बनाएका खेलाडीको लागि स्वास्थ प्रोटोकल अपनाएर अभ्यासको वातावरण प्रवन्ध गर्नु पर्ने बताउँनुहुन्छ , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ । सम्बन्धित मन्त्रालय र अन्य सरोकारवाला संघसंस्थाबीच समन्वयन हुन नसक्दा समस्या देखिएको उनले बताए।

Advertisement

श्रेष्ठको भनाई जस्तै खेलाडी पनि खेल वातावरणको पर्खाइमा छन् । अन्तर्राष्ट्रिय स्तरमा विगतमा नेपाली खेलाडीले हात पारेको सफलतालाई जोगाउन भए पनि खेलाडीमा अभ्यासको टड्कारो छ । अभिभावक नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धीत संघले खेलाडीको विषयमा समयमा नै ध्यान दिन जरुरी छ । समयमा नै ध्यान नदिन नेपालको सहभागिता औपचारिकतामा पनि सिमित नहोस् ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top