ललितपुरबाट ४ लाख ६५ हजार बराबरको नक्कली नोट बरामद

१ असोज ७७, शुक्रबार

१ असाेज, ललितपुर ।
ललितपुर महानगरपालिका-१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान (चार लाख ६५ हजार रुपैयाँ )काे नक्कली नोट बिहीबार बिहान बरामद भएको छ ।

ताल्छीखेलस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएका थिए ।

उक्त सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरु बरामद गरेको हो । बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट राखेको फेला परेको छ ।

Advertisement

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top