जनकपुर आइपुग्याे नेपाली रेल, हेर्नेको भिड थामिनसक्नु

नितेश यादव
२ असोज, जनकपुरधाम ।
जनकपुर–जयनगर रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आइपुगेको छ । भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुई सेट रेल जनकपुरधाम आइपुगेको हो ।

विगत ७ वर्षदेखि बन्दै गरेको रेल पहिलो चरणमा जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि उक्त दुई सेट रेल निर्माण कम्पनीले नेपाल रेल्वे विभागलाई हस्तान्तरण गर्दैछ । जनकपुरको पुरानो रेल्वे स्टेशनमा रेल हस्तान्तरणको लागि एक कार्यक्रम राखिएको छ ।

Advertisement

धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा रेल विभागका उच्चअधिकारीहरुलाई कम्पनीले रेल हस्तान्तरण गर्नेछ । नेपालको एक मात्र ब्रोडगेज रेलमा चारवटा बोगी र २ वटा इन्जिन सहित दुई सेट रेल जनकपुर आइपुगेको छ ।

राष्ट्रिय झण्डाको रंगमा रंगिएको उक्त रेल परीक्षणका लागि जनकपुर ल्याइएको हो । बहुप्रतिक्षित रेल जनकपुर आएपछि नेपालको इनर्वादेखि जनकपुरको कुर्थासम्म रेल हेर्ने स्थानीयको घुँइचो लागेको छ । रेल सञ्चालन लगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवतजावतमा सहज हुने भएकाले स्थानीय हर्षित भएका छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top