रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

२१ बैशाख ७५, शुक्रबार

विराटनगर, २१ वैशाख ः मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ ।

Advertisement

स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. उत्तम देवले बताए।

सेवा सञ्चालनका लागि रु २५ लाख मूल्यबराबरका विभिन्न स्वास्थ्य उपकरण खरिद गरिसकिएको जानकारी दिँदै उनले जेठको पहिलो हप्ताबाट सेवा सञ्चालनको तयारी भइरहेको छ, यसका लागि थप पाँच वटा शय्याको व्यवस्थासमेत गरिएको छ भने ।

Advertisement

कर्मचारी व्यवस्थापनका लागि रु २५ लाख खर्च हुने बताइएको छ । अस्पतालमा शल्यक्रिया बेड र आइसियु जडान भइसकेको तथा प्रसूति रोग विशेषज्ञको व्यवस्थासमेत भइसकेको अस्पतालका सूचना अधिकृत गोविन्द कटुवालले बताए।

साधारण प्रसूति सेवामात्र गर्दै आएको सो अस्पतालले साउन महिनादेखि अहिलेसम्म १४० महिलालाई प्रसूति सेवा उपलब्ध गराएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top