नेकपा विराटनगरले सर्वसाधरणलाई बाँड्यो साढे ८ हजार मास्क

५ असोज ७७, मंगलबार

६ असाेज, विराटनगर ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई मास्क वितरण गरेको छ । नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको छ ।

यसअघि विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा नेकपाका नेता कार्यकर्ताले मास्क वितरण गरेका थिए । ‘हालसम्म हामीले ८ हजार ५ सय सर्वसाधरणलाई मास्क वितरण गरेका छौं,’ नेकपा विराटनगरका अध्यक्ष सागर थापाले भने, ‘मास्क वितरण बाहेकका अरु अभियान पनि जारी छ ।’

Advertisement

नेकपा विराटनगर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा सचेतनामा सक्रियताका साथ लागिरहेको छ । नेकपाले होम आइसोलेसनमा बसेकाहरुलाई सहायता प्रदान गर्ने, सडकमा हिडिंरहेका मानिसलाई मास्क वितरण गर्ने, कोरोना संक्रमण रोकथामको लागि सरकारी निकायलाई सल्लाह सुझाव दिने काम गरिरहेको नेकपा विराटनगरका सचिव हेम कार्कीले बताए ।

यसैबीच साेमबार नेकपाले विराटनगरको वडा नम्बर ६ का ५० जना संक्रमित र उनका परिवारलाई भेटेर अमृत चिया, चेवनप्रास, विस्कुट र गेडागुडीको प्याकेज प्रदान गरिएको छ । राहत प्याकेज तथा मास्क खरिदका लागि नेकपा जिल्ला कमिटी सदस्य तथा विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीले सहयोग गरेका हुन्।

Advertisement

विराटनगरका १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४ र १७ नम्बर वडाका १ हजार बढी संक्रमितको घरमा पुगेर अवस्थाबारे जानकारी लिने र सहयोग गर्ने गरेको सचिव कार्कीको भनाइ छ । यसबाहेकका वडामा पनि उक्त अभियान लिएर जाने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top