३९ वर्षीया वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

६ असोज ७७, बुधबार

७ आश्विन, बर्दिया ।
कोभिड–१९ संक्रमणका कारण बर्दियाको बारबर्दिया नगरपालिका वडा ३ का वडाध्यक्ष सूर्यबहादुर थारुको मृत्यु भएको छ।

Advertisement

भदौ २९ गते कोभिड संक्रमण पुष्टि भएका ३९ वर्षीया वडाध्यक्षको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। वडामा संक्रमण बढिरहेकै क्रममा वडाध्यक्षमा कोरोना देखिएको र उपचारको क्रममा उनको निधन भएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए।

नगर प्रमुख थारुका अनुसार वडाध्यक्षमा कुनै रोग देखिएको थिएन। उक्त वडामा संक्रमित बढ्न थालेपछि वडा सिल गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top