हृदयाघातबाट अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको निधन

८ असोज ७७, शुक्रबार

९ असोज, काठमाडौं ।
अस्ट्रेलियाका पूर्व क्रिकेटर तथा कमेन्टेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बईस्थित एक होटलमा रहेका उनको हृदयाघातबाट बिहीबार निधन भएको हो ।

जोन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा स्टार नेटवर्कको कमेन्टेटरको रुपमा मुम्बईस्थित स्टुडियोमा रहेका थिए ।डिन जोन्सले दक्षिण एसियाको क्रिकेटमा सुधारको लागि महत्वपूर्ण सहयोग र्पुयाएका थिए । स्टार इन्डियाले उनको मृत्यु पुष्टि गर्दै उनको मृत्युमा गहिरो शोक व्यक्त गरेको छ ।

जोन्सले सन् १९८४ देखि १९९४ को अवधिमा अस्ट्रेलियाको लागि ५२ टेस्ट खेलमा सहभागिता जनाएका थिए भने १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए ।

Advertisement

टेष्टमा ११ शतक र १४ अर्ध शतक सहित ३ हजार ६ सय ३१ रन बनाएका छन् । उच्च प्रर्दशन २ सय १६ थियो । ओडिआईमा ७ शतक र ४६ अर्ध शतक सहित ६ हजार ६८ रन बनाएका छन् । उनी ओडीआई क्रिकेटमा आधुनिक शैलीको ब्याटिङको संवाहकको रुपमा चिनिने गर्छन् ।

सन् १९८७ मा अष्ट्रेलियाले विश्वकप जित्दा जोन्स टोलीमा रहेका थिए । सन् १९८० देखि ९० को दशकमा जोन्स विश्वकै एक उत्कृष्ट र लोकप्रिय ब्याट्सम्यान थिए । जोन्सले सन् १९८४ मा वेस्टइन्डिजविरुद्ध टेष्टमा डेब्यु गरेका थिए । १९९२ मा श्रीलंकाविरुद्धबाट टेष्टबाट सन्न्यास लिएका थिए । ओडिआईमा सन् १९८४ मा पाकिस्टानविरुद्ध ओडिआईमा डेब्यु गर्दा सन् १९९४ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेल खेलेका थिए ।

सन् १९९० मा इंग्ल्यान्डविरुद्ध ओडिआईमा उनले प्रहार गरेको १ सय ४५ रनको इनिङ उनको करिअरको उत्कृष्ट प्रर्दशन मानिन्छ । टेष्टमा सन् १९८६ मा चेन्नईमा भारतविरुद्ध २ सय १० रनको इनिङ एक उत्कृष्ट प्रर्दशन मानिन्छ । उनले १९८९ मा वेस्टइन्डिजविरुद्ध टेष्ट करिअरको रुपमा २ सय १६ रनको उत्कृष्ट प्रर्दशन गरेका थिए ।

पछिल्लो समय उनी कमेन्टेटरको रुपमा लोकप्रिय थिए । गतवर्ष इंग्ल्यान्डमा भएको आइसिसी एक दिवसिय विश्वकपमा उनले कमेन्टेटरको रुपमा दमदार विश्लेषण गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top