जितगढी किल्ला सडक नाटक समापन

२२ बैशाख ७५, आइतबार

रुपन्देही, २३ वैशाख ः बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ ।

बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र संवद्र्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो ।

तत्कालीन सरकारले भारतीय पेन्सन क्याम्पका नाममा जितगढी किल्लामा जग्गा दिने निर्णय गलत भएकाले जनचेतना जगाउन सडक नाटक प्रस्तुत गरिएको अभियानका जिल्ला संयोजक सन्तबहादुर नेपालीले बताए।

Advertisement

उनले जितगढी वास्तविकता सडक नाटकबाट जनताका माझमा आएको उल्लेख गर्दै जितगढी बचाउनका लागि विभिन्न प्रकारका आन्दोलन जारी रहने बताए। रक्तिम परिवारका कलाकार दलबहादुर विक, लक्ष्मी गुरुङ, डम्मर भण्डारी, दिलीप रसाइलीलगायतका कलाकारले सडक नाटकमा अभिनय गरेका थिए ।

“तत्कालीन प्रचण्ड सरकारले भारतीय पेन्सन क्याम्पका नाममा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, सामरिक महत्वको जितगढी किल्ला नजिकको जग्गा भारतलाई दिने निर्णयले राष्ट्रियतामाथि नै आँच आउने र भारतले जग्गा कब्जा गर्ने आशंका हुन्छ”, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार नारायण शर्माले भने।
रासस

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top