×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

जारी छ ऐतिहासिक सम्पदाको पुनःनिर्माण

१० आश्विन २०७७

१० असाेज, काठमाडाैँ ।

गोरखा भूकम्पले पूर्णरूपमा क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएका छन् । यसक्रममा केही सम्पन्न भएका छन् त केही निर्माणाधीन अवस्थामा छन् । दरबार हाइस्कूलको पुननिर्माण सम्पन्न भएको छ । सामुन्ने रहेको ऐतिहासिक रानीपोखरीको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । यसैगरी धरहरा र काष्ठमण्डपको पुनःनिर्माणको कामले गति लिएको छ ।

Advertisement
Advertisement

रानीपोखरीको निर्माणको काम सकी पानी राख्ने काम जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ । पोखरीमा दुई करोड ५० लाख लिटर पानी राखिसकेको छ भने अब ८० लाख लिटर पानी राख्ने तयारी रहेको प्रधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राख्ने काम भइरहेको उनले जानकारी दिए । पछिल्लो समय प्रधिकरणको जिम्मामा काम सम्पन्न भएको हो । चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाए ।

यसैगरी चीन सरकारको सहयोगमा पुनःर्निर्माण भएको दरबार हाइस्कूल पनि पुनःनिर्माण सम्पन्न भइसकेको छ । सो विद्यालयको पनि समयसीमाभित्रै गत माघमा पुनः निर्माण सम्पन्न भएको हो । विद्यालयको भवनको साँचो निर्माण कम्पनीले विद्यालय व्यवस्थापन समितिलाई गत भदौ अन्तिम साता हस्तान्तरणसमेत गरिसकेको छ ।

ऐतिहासिक धरहरा पुनःनिर्माणको काम पनि तीव्ररूपमा भइरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत काम सकिएको छ । निर्माणको कामअन्तर्गत अहिले १५ तलाको काम भइरहेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि पछिल्लो समय कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा पर धकेलिएपछि समय थप गर्न लागिएको छ । सम्पदाविज्ञ मानन्धरका अनुसार निर्माण कम्पनीले दुई वर्षको लागि समय माग गरेको छ । तर कती थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीको माग र आवश्यकता अनुरुप समय थप गरिने जनाइएको छ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाईएको छ ।

एघार तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । निर्माधिन धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भईरहेको छ ।

त्यसैगरी काष्ठमण्डप पुनःनिर्माणको काम पनि तोकिएको समयमा नै सक्ने गरी धमाधम काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले केही समय काम रोकिएको भए पनि अहिले निर्माणको कामले गति लिएको जानकारी दिए ।

Advertisement

काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्ने जनाईको छ ।रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top