×

NEPAL TIMES UPDATES

Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026

संयुक्त राष्ट्रसंघमा पाकिस्तानले उठायो जम्मू-कश्मीरको मुद्दा, भारतद्वारा विरोध

१० आश्विन २०७७

१० असोज, एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू र कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व नहुने दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री खानले जम्मू र कश्मीरको विवाद सुल्झाउनुपर्ने भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्ने तथा इस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

Advertisement
Advertisement

खानले जम्मू–कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको आलोचना गर्दै फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व भएको भारतीय सरकार यदि पाकिस्तानसँग आक्रामक हुने प्रयास गरेमा पाकिस्तानले आफ्नो स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री खानले जम्मू–कश्मीर र आतंकवाद विषय उठाएपछि संयुक्त राष्ट्रसंघको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मू–कश्मीर र आतंकवादको विषयमा विवाद भएको छ ।

खानको भनाइपछि भारतले कडा प्रतिवाद गरेको छ । संयुक्त राष्ट्रसंघको भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई राजनीतिक पतनको संज्ञा दिएका बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

तिरुमूर्तिले खानको भनाइ मिथ्या र व्यक्तिगत आक्रमण भएको भन्दै पाकिस्तानले अल्पसङ्ख्यकहरुको उत्पीडन तथा सीमापार आतंकवाद लुकाउने प्रयासमा त्यसो भनेको दाबी पनि गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top