Nepal Times
Nepal Times
3
Shares

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने ः मुख्यमन्त्री राई

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने ः मुख्यमन्त्री राई

पाँचथर, २४ वैशाख ः मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्।

फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भने ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाए ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उनले जोड दिए ।
रासस

 

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.