खोलाले बगाएर एक महिलाको मृत्यु

११ असोज ७७, सोमबार

१२ असोज, उदयपुर । उदयपुर रौतामाई-२ मा बस्ने ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

Advertisement

गएराति ८ बजे माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो ।

झण्डै दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

Advertisement

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top