एउटै गाउँका तीन बालबालिका नदीमा बेपत्ता

२३ बैशाख ७५, सोमबार

खोटाङ, २४ वैशाख ः एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि बराहापेाखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ ।

स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको हो ।

विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। “मध्याह्न १२ बजेको समयमा नदीमा पौडी खेल्दै गर्दा एक बालक नदीमा डुबेपछि बचाउन खोज्दा अर्को बालक पनि डुबेको र दोस्रो बालकलाई बचाउन खोज्दा तीनैजना बेपत्ता बनेका रहेछन् ।” उनले भने, “उनीहरुको खोजीका लागि चिसापानी इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको छ ।”

Advertisement

चार बालबालिका बाख्रा चराउन गएकामा तीनजना बेपत्ता बनेपछि अर्को बालकले घरमा खबर पु¥याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए । बेपत्ता बालबालिकाको स्थानीयवासीले खोजतलास गर्दा नभेटेपछि आइतबार साँझमात्र परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खटिएका प्रहरी र स्थानीयवासीले अहिले नदी किनार र आसपासमा बेपत्ता बालबालिकाको खोजी कार्यलाई तीव्रता दिएका छन् । सुनकोशी किनारमा पर्ने जंगलमा बाख्रा चराउन गएका तीन बालबालिका गर्मी भएपछि पौडी खेल्न नदीमा पसेका थिए ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top