लोक आइडलका लागि रु ३० लाख पुरस्कार घोषणा

२३ बैशाख ७५, सोमबार

काठमाडौँ, २४ वैशाख  ः मुलुकमा स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ ।

सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने आइडलका संयोजक जीवन पन्तले जानकारी दिए ।

लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०÷१० जनालाई छनोट गरिनेछ भने पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालीम उपलब्ध गराइनेछ ।

आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत–संगीतको संरक्षणका लागि आफूलाई समर्पित बनाउने विश्वास गरिएको छ ।

लोक आइडलले देश–विदेशमा हुने कार्यक्रममा नेपाली लोक संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य तथा गायक शिव हमालले विश्वास व्यक्त गरे।

नेपाली लोक संस्कृति संरक्षण तथा लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलको महत्व रहेको आयोजकले जनाएका छन् ।
रासस

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top