२५ प्रतिशत नेपालीमा मुटुको समस्या

१२ असोज ७७, मंगलबार

काठमाडौं : कहिल्यै आराम नगर्ने तपाईंको संवेदनशील अंग मुटु स्वस्थ छ ? छैन भने जीवनशैली सुधार्नुहोस्। मुटु स्वस्थ हुँदा कोरोना संक्रमण भइहाले पनि रोगसँग लड्न सजिलो हुन्छ।

मुटु स्वस्थ राख्न र कोरोना संक्रमण हुन नदिन खानपान र जीवनशैली सुधार्नुपर्ने चिकित्सकहरूको सुझाव छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। यसले गर्दा पनि मुटुजन्य समस्या बढिरहेको छ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ। नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। २० प्रतिशतलाई कोलेस्टेरोल छ। १० प्रतिशतलाई मधुमेह छ।

Advertisement

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठ मुटु जोगाउँदा कोरोना संक्रमणबाट जुध्न सहज हुने बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे मुटुका बिरामीलाई कोरोना संक्रमणको जोखिम हुने भएकाले मुटु जोगाउनुपर्नेमा जोड दिन्छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये झन्डै ६० प्रतिशतमा मुटुजन्य समस्या पाइएको डा. पाण्डेले बताए।, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top