गिलगित–बल्तिस्तान क्षेत्रमा पाकिस्तानले चुनाव गराउनेः भारतको कडा आपत्ति

१३ असोज ७७, मंगलबार

१३ आश्विन, एजेन्सी ।
विवादित गिलगित–बल्तिस्तान क्षेत्रमा पाकिस्तानले चुनाव गराउने भएपछि भारतले यसको कडा विरोध गरेको छ।

Advertisement

भारतको विदेशमन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै पाकिस्तानलाई उक्त क्षेत्रमा चुनाव नगराउन चेतावनी दिएको छ। पाकिस्तानले सो क्षेत्रलाई गैरकानुनी हिसाबले कब्जामा लिएको भारतले आरोप लगाएको छ।

विदेशमन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘यसवर्ष १९ नोभेम्बरमा गिलगित–बल्तिस्तानमा विधान सभा चुनाव गराउने खबर हामीले प्राप्त गरेका छौं। हामी पाकिस्तान सरकारको यस घोषणाको विरोध गर्दछौं।’

Advertisement

‘केन्द्र शासित प्रदेश जम्मु–कस्मिर र लद्दाख साथै गिलगित–बल्तिस्तानका इलाका सन् १९४७ को सम्झौताअनुसार भारतको अभिन्न अंग हो। हामी यस क्षेत्रको भौतिक बदलाव गर्ने जस्तोसुकै कोशिसको विरोध गर्दछौं।

हामी फेरि एक पटक यो दोहोर्याउन चाहन्छौं कि पाकिस्तानले गैरकानुनी तवरबाट सो क्षेत्र कब्जामा लिएको हो।’ हालैमात्र पाकिस्तानको सर्वोच्च अदालतले गिलगित क्षेत्रमा चुनाव गराउने मन्जुरी दिएको थियो।

Advertisement

बेलायतबाट स्वतन्त्र हुनुअगाडि गिलगित बल्तिस्तान जम्मु कस्मिरको अंगको रुपमा थियो। सन् १९४७ पछि भने यो पाकिस्तानको नियन्त्रणमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top