Nepal Times
Nepal Times
3
Shares

नर्सरी कक्षाका २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा शिक्षिकाले पाइन् मृत्युदण्ड

नर्सरी कक्षाका २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा शिक्षिकाले पाइन् मृत्युदण्ड

१३ आश्विन, एजेन्सी ।
चीनमा नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय दिइएको छ।

गतवर्ष विष खुवाइएका २५ मध्ये एक विद्यार्थीको मृत्यु भएको थियो। शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो। अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्डेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए।

सँगै कामगर्ने सहकर्मीसँग मनमुटाब भएपछि वाङले बदला लिन ती सहकर्मीका विद्यार्थीको खाजामा विष हालिदिएको बताइएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.