तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

२३ बैशाख ७५, सोमबार

रुकुम, २४ वैशाख ः जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ ।

नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भने, “प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।”

Advertisement

तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उनको भनाइ छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका ठाउँबाट समेत आउने गर्छन् ।

यार्सा मौसम व्यवस्थापन समितिले दुई वर्षपछि मात्र यार्सा संकलनका लागि बुकीहरु खुल्ला गर्ने स्थानीयवासी अजय थापाले जानकारी दिए । संकलन बन्द गरिएपछि यहाँका बासिन्दा यार्सा संकलनका लागि रुकुम (पूर्व) र डोल्पासम्म पुग्ने गर्छन् ।

Advertisement

गत वर्ष यहाँ रु ६० लाख बराबरको यार्सा संकलन भएको थापाले जानकारी दिए । यस क्षेत्रलाई संरक्षण गरी गुणस्तरीय र धेरै यार्सा पाइने ठाउँ बनाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ । यहाँ वर्षांैअघिदेखि यार्सा संकलन गर्न लागिएको हो ।

पहिला पहिला प्रत्येक वर्ष यार्सा संकलन हुँदै आएको थियो । प्रत्येक वर्ष यार्सा संकलन गर्दा यार्सा नै लोप हुन थालेपछि तीन वर्षपछि यार्सा संकलन कार्य शुरु गरिएको स्थानीयवासी शशिराम विकले बताए।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top