आजका प्रमुख खबरहरुः
१.(जोखिममा छ ज्यान)
नेपालमा हालसम्म ४ सय ९८ कोरोना संक्रमितको मृत्यु /१ हजार ५ सय ५९ जनामा नयाँ संक्रमित थपिँदा १ हजार ५७ जना डिस्चार्ज /देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुग्यो ।
२.(बोलेको पुगोस्)
बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको गृहमन्त्री रामबहादुर थापाको भनाई / यस्ता मुद्दामा मेलमिलाप गराउनेलाई पनि कानुनी कारबाही चलाइने उल्लेख ।
३.(कहिले सकिन्छ अनुसन्धान ?)
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको प्रहरी महानिरीक्षक शैलेश थापाको भनाई/प्रहरीले यातना नदिएको भन्ने कुरा अदालतबाट पुष्टि भइसकेकाले अब अनुसन्धान तीव्र बन्ने विश्वास ।
४.(मृत्युदण्डको बहस)
सोह्र वर्ष मुनिका बालिकामाथि बलत्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्ड सम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको महिला सांसद्हरुको भनाई /बलात्कारपछि पीडक ठाडो शिर लगाएर हिंडन सक्ने भएपनि पीडित झन पीडित हुने स्थितिको अन्त्य गर्न माग ।
५.(गौतमको भविष्य)
सत्तारुढ दल नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमाथि पूर्ण इजलासको सुनुवाइ हेर्दाहेर्देमा/ निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीशसहित ५ जनाको संवैधानिक इजलासमा ।
६.(जनतासँग जाने दाउ)
सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोना नियन्त्रणमा चुकेको भन्दै सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने नेपाली कांग्रेसको तयारी/असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा देशव्यापी विरोधबारे छलफल हुने ।
७.(अनिर्णित परीक्षा)
कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ /परीक्षाबारे विकल्प सहितको प्रस्ताव मन्त्रालयमार्फत मन्त्रिपरिषदमा ।
८.(हवाईमा आकर्षण)
बिहीबारबाट लागू हुने गरी थप भएको आन्तरिक हवाई उडान अक्टोवर महिनाभर लागू हुने /हवाई उडानका ९० प्रतिशतभन्दा माथि सिट भरिएपछि एयरलाइन्स कम्पनीहरु उत्साहित ।
९.(रोकियो श्रम स्वीकृति)
वैदेशिक रोजगार कार्यालय, ताहाचलका एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति पुनः ठप्प /सबै कर्मचारीको कोरोना परीक्षण रिपोर्ट आएपछि कुन मोडालिटीमा सेवा दिने भनेर तय गरिने ।
१०.(कुटपिटमा सेना)
राप्ती नगरपालिकाका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान सुरू /आरोपीले घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षण गरिदै ।
११.(ठडिँदै दरबार)
२०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरुको निमार्ण धमाधम हुदै /दरबारहरुको मौलिकताको अधिकम सुरक्षा हुने गरी पुननिर्माणको काम भइरहेको पुननिर्माण प्राधिकरणको भनाई ।
१२.(बन्दैछ अयोध्या)
चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै सय बिघा जग्गा छुट्यायो /अयोध्याधाम निर्माणका लागि गुरुयोजनासहितको डिपिआर छिट्टै अघि बढ्ने/बजेटको व्यवस्था गर्न सरकारसँग माग ।
१३.(आउँछ त खोप ?)
रसियन कम्पनी र नेपालको ट्रिनिटी फर्मास्युटिकल्सबीच दुई करोड ५० लाख डोज कोरोनाको खोप आपूर्ति गर्ने सहमति /खोप नेपालका ९० प्रतिशत जनसंख्यालाई पुग्ने / खोप डब्लूएचओ र सरकारले मान्यता दिएपछि मात्रै नेपाल आउने ।
१४.(फुकाउँदै अध्योयाको बाटो )
भारतको अयोध्यामा बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तले २८ वर्षपछि पाए सफाइ/फैसला सुनाउने न्यायाधीश पदमुक्त /फैसलापछि आफूहरु असन्तुष्ट रहेको र उच्च अदालत जाने बाबरी एकशन कमिटीको तयारी ।
र,
१५.(यस्तो छ विश्व )
कोरोना महामारीबाट हालसम्म विश्वमा ३ करोड ३८ लाख बढी संक्रमितमध्ये २ करोड ५१ लाख बढी निको भए /१० लाख १३ हजार बढीको मृत्यु ।