दिल्ली क्यापिटल्सका कप्तान श्रेयसलाई १२ लाख भारु जरिवाना

१४ असोज ७७, बिहीबार

१४ असोज, काठमाडौं ।
ईन्डियन प्रिमियर लिग (आईपीएल)ले दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरलाइ जरिवाना गरेको छ। मंगलबार राति सनराइजर्स हैदराबादसँग भएको खेलमा आईपीएलको आचारसंहिता विपरीत ढिलो बलिङ गराएको अभियोगमा कप्तान श्रेयसलाई १२ लाख भारु जरिवाना गरिएको हो।

“दिल्ली कप्तान श्रेयस ऐयरलाई हैदरावाद बिरुद्धको खेलमा ढिलो ओभर रेटका कार जरिवाना गरिएको छ। पहिलो पटक भएका कारण आईपीएलको निम्नतम ओभर रेटको नियम उल्लंघन बापत उन्ला १२ लाख भारु जरिवाना गरिएको हो।” आईपीएलले जारि गरेको विज्ञप्तिमा बताईएको छ।

जरी लिगमा ढिलो ओभर रेटमा जरिवाना गरिएको यो पहिलो पटक हैन। गत साता बैंगलोर कप्तान बिराट कोहलीलाई पनि पन्जाब बिरुद्धको खेलमा सोहि कारणले १२ लाख भारु जरिवाना गरिएको थियो।

Advertisement

पहिलो पटक भएकोले उनलाई यो जरिवाना गरिएको हो । आईपीएलमा फिल्डिंग टिमका कप्तानले सामान्य अवस्थामा कम्तिमा १ घण्टा ३० मिनेटमा ( टाईम आउट सहित ) इनिंग समाप्ति गर्नु पर्छ।

यदी दोश्रो पटक पनि कोहलीले लिगमा ढिलो ओभर रेट गरेको पाइएको खण्डमा जरिवाना दोब्बर अर्थात् २४ लाख भारु हुने नियम छ। दोश्रो पटक कप्तानलाई मात्र हैन खेलेका अन्य खेलाडीहरुको म्याच फिबाट २५ प्रतिशत काट्ने नियम रहेको छ। तेश्रो पटक ढिलो ओभर रेटमा कप्तानले ३० लाख भारु तिर्नुपर्नेछ र १ खेल समेत खेल्न नपाउने नियम छ।

Advertisement

खेलमा सनराइजर्स हैदराबादसँग दिल्ली १५ रनले पराजित भएको थियो। लिग अन्तर्गत दिल्लीले आगामी खेल कोलकाता नाइट राइडरस बिरुद्ध अक्टोबर ३ (शनिबार) खेल्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top