रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज गजुर राखियो

१५ असोज, काठमाडौं । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिएको छ ।

लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको हो । मन्दिरमा गजुर राखिसकेपछि रानीपोखरीमा माछाका भुरा पनि छाड्ने योजना छ ।

रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

Advertisement

विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भुइँचालोले शिखर शैलीको मन्दिर ढलेपछि जंगबहादुर राणाले गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ ।

Advertisement

पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top