फर्जी परीक्षा लिएर लाखौं लुट्ने नक्कली इन्स्पेक्टर पक्राउ

Share this
729shares

१५ असोज, काठमाडौं । नेपाल प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएका थिए।

Advertisement

बुधबार भने वीरगन्ज-१६ को देव पार्टी प्यालेसमा उनी प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए ।

उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए । प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार यी परीक्षार्थीलाई उनले ठग्न खोजेका थिए ।

Advertisement

सो परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनको परीक्षा दिलाउने भनी उनले फोन गरेर उनीहरूलाई बोलाएको थाहा भएको छ ।

पन्तका अनुसार उनले हालसम्म एक दर्जन व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगिसकेको पत्ता लागेको छ ।

राय यसअघि बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा जेल परेका थिए । उनी सो मुद्दामा ११० दिन जेल परेका थिए।

प्रहरीका अनुसार उक्त परीक्षा हलबाट हिरालाल महतो वसन्त चौधरी, रविकुमार चौरसिया, शिवनारायण चौरसिया, रामजी चौरसियालाई पनि पक्राउ गरिएको छ। उनीहरू परीक्षा सञ्चालनका लागि रायलाई सहयोग गरिरहेका थिए।

प्रहरीले रायसहित पक्राउ परेकाहरू कसको भूमिका के कति छ भन्नेबारे अनुसन्धान थालेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top