ईश्वर पोखरेलका सम्धीले लिए वाणिज्य बैंक सञ्चालक समिति सदस्यको सपथ

Share this
746shares

१५ असोज, काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा प्रा. डा. उपेन्द्र कोइरालाले सपथ ग्रहण गरेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी रहेका कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले सपथ खुवाएका हुन्।

Advertisement

उनलाई तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयमार्फत् भदौ ७ गते वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए।

उनको नियुक्तिको विषय बाहिर आएलगत्तै चर्को आलोचना भएपछि सपथ रोकिएको थियो। कोइरालालाई पूर्ण सरकारी स्वामित्वको वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सदस्य नियुक्त गरिएको थियो।

Advertisement

अध्यक्ष हुनका लागि पहिले सञ्चालक समितिको सदस्य हुनुपर्छ। सदस्यमध्येबाट एक जनालाई सञ्चालक समितिको अध्यक्ष हुनेछन्। हाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव शर्मा, जनककुमार बराल, प्रा डा राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा डा माधवप्रसाद दाहाल रहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top