×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

आईपीएल : पन्जाबमाथि सहज जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

१६ आश्विन २०७७

१६ असोज, एजेन्सी ।
ईन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

बिहीबार राती शेख जायद आबूधाबीमा सम्पन्न आइपिएलको १३ औं खेलमा पन्जाबलाई पराजित गरेपछि दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

जस्प्रित बुमराहले चौथो ओभरको पाँचौ बलमा ओपनर मयंक अग्रवाललाई २५ रनमा बोल्ड आउट गरे । अग्रवालले १८ बलमा ३ चौका प्रहार गरे । छैटौं ओभरको चौथो बलमा करुण नायरलाई क्रुनाल पान्ड्याले शून्यमा बोल्ड आउट गरे । स्पिनर राहुल चहरको नवौं ओभरको पहिलो बलमा कप्तान लोकेश राहुल ९केएल० १७ रनमा बोल्ड आउट भएपछि पन्जाब दबाबमा परेको थियो । राहुलले १९ बलमा १ चौका प्रहार गरे ।

राम्रो ब्याटिङ गरि रहेका बायाँ हाते युवा ब्याट्सम्यान निकोलस पुरनलाई १४ औं ओभरको दोस्रो बलमा जेम्श प्याटिनसनले विकेटकिपर क्विन्टन डी ककबाट ४४ रनमा क्याच आउट गराए । पुरनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका ग्लेन म्याक्सवेल ११ रनमा ट्रेन्ट बोल्टबाट आउट भएपछि पन्जाब १०७–५ को कमजोर अवस्थामा पुगेको थियो । जेम्श निशम पनि ठूलो सट खेल्ने धुनमा ७ रनमा क्याच आउट भए । कृष्णा गौथम १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिनसनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टे«न्ट बोल्टले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ रन ९१ बनाएको थियो। काइरन पोलार्ड २० बलमा ३ चौका र ४ छक्का ४७ रनमा अविजित रहे । हार्दिक पान्ड्या ११ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । पाँचौ विकेटका लागि पान्ड्या र पोलार्डले मात्र ३।५ ओभरमा ६७ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए ।

मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए । १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहितलाई ग्लेन म्याक्सवेलको उत्कृष्ट फिल्डिङको सहयोगमा जेम्स निशमले क्याच लिएका थिए । रोहितले ठूलो सट खेलेपनि लङ अनमा रहेका म्याक्सवेलले बललाई समाउँदै निसमको हातबाट क्याच गराउँदै बाउन्ड्री बाहिर गरेका थिए । रोहितले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

त्यसअघि शामीको दोस्रो ओभरको अन्तिम बलमा एम्पायरले रोहितलाई एलबिडब्लू आउट दिएका थिए । तर रोहितले रिभ्यु लिदै अम्पायरको निर्णयलाई गलत सावित गरेका थिए । योसँगै रोहितले आइपिएलमा ब्यक्तिगत पाँच हजार पनि रन पूरा गरेका छन् । विराट कोहली र सुरेश रैनापछि आइपिएलमा पाँच हजार रन पूरा गर्ने रोहित तेस्रो खेलाडी हुन् ।

ओपनर क्विन्टन डी ककलाई पहिलो ओभरको पाँचौ बलमा शेल्डन कटरेलले शून्यमा बोल्ड आउट गरेका थिए । चौथो ओभरको पाँचौ बलमा सूर्यकुमार यादव १० रनमा रन आउट भएका थिए । शामीले उत्कृष्ट डाइरेक्ट स्टम्प ताकेपछि यादव पेभलिएन फर्किनु परेको थियो । तेस्रो विकेटका लागि इशान किशन र रोहित शर्माले ६२ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए ।

किशनलाई १४ औं ओभरको पहिलो बलमा कृष्णाप्पा गौथमले करुण नायरबाट २८ रनमा क्याच आउट गराए । किशनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

शेल्डन कटरेलले ४ ओभरमा एक मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

मुम्बई ४ खेलमा समान २ मा जित र हार सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर समान ३ खेलमा २ मा जित र १ मा हार सहित नेट रन रेटको आधारमा क्रमश स् तेस्रो, चोथो र पाँचौ स्थानमा छन् ।

पाँचौ खेलमा पन्जाबले आइतबार चेन्नई सुपर किंग्ससँग दुबईमा खेल्ने छ भने मुम्बईले सनराइजर्स हैदराबादसँग शारजाहमा शनिवार खेल्ने छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top