झापाबाट खैरोहिरोईनसहित तीन भारतीय नागरिक पक्राउ

१५ असोज ७७, शुक्रबार

१६ असोज, झापा । झापा कचनकवल-१ बगान एरिया र गौरीगंज गाँउपालिका-२ दासचौरीबाट तिन भारतिय नागरिक लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन् ।

बिहीबार दिउँसो पौने ४ बजे विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा उनले लुकाइछिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

Advertisement

यसैगरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन ।

उनिहरुलाइ दासचौरी स्थितमा खटिएको प्रहरी टोलीले हिजो राती सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका तिनै जना भारतिय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top