अस्पताल आउँदाआउँदै सुनसरी र सिरहाका दुई संक्रमितको बाटैमा मृत्यु

१५ असोज ७७, शुक्रबार

१६ असोज, विराटनगर । मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याइँदै गरेका दुई जना कोरोना संक्रमितको आज एम्बुलेन्समै मृत्यु भएको छ ।

Advertisement

कोरोना संक्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज ल्याउँदै गर्दा सुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको हो ।

मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार दुवै जनाको अस्पताल आउँदाआउँदै बाटैमा मृत्यु भएको हो ।

Advertisement

उनका अनुसार मृतक मध्ये एकजना सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुष हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top