दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(डिस्चार्ज हुनेले जिते)
आज नेपालमा हालसम्मकै धेरै २ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिँदा ३ हजार ३ सय ७ जना डिस्चार्ज /अहिलेसम्म ५ सय २० कोरोना संक्रमितको मृत्यु /२१ हजार २ सय ३४ जना सक्रिय संक्रमित ।

 

Advertisement

२.(नेपालमै कोरोनाको औषधि)
कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल हुने/ नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि प्रदेश नं. ५ र प्रदेश नं. २ बाट क्लिनिकल ट्रायल सुरु गरिने ।

 

Advertisement

३.(विवादको बिउ)
विवादका बीच नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ४ बजेका लागि बालुवाटारमा बोलाईयो/ अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै शीर्ष नेताहरु असन्तुष्ट ।

 

४.(यहाँको चलन)
सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिट माथिको सुनुवाई फेरि पनि ‘हेर्दाहेर्दै’ मा/अब बुधबार मात्रै सर्वोच्चमा बाँकी सुनुवाई हुने ।

 

५.(प्रदेशको राजधानी कहाँ ?)
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता /प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रियो ।

 

६.(विपदको पीडा)
बाढीपहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने गृहमन्त्री रामबहादुर थापाको भनाई / असार २४ गतेदेखि भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु ।

 

७.(राम वाण)
अनसनरत डा. गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. रामवरण यादव त्रि.वि. शिक्षण अस्पताल पुगे / केसीका जायज माग वार्तामार्फत सम्बोधन गर्न सरकारसमक्ष छिट्टै पहल गर्ने विश्वास व्यक्त ।

 

८.(भारतमा उडान)
भारतका लागि आगामी १ कात्तिकबाट हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयको प्रस्ताव / भारतमा उडान खुलेपनि नेपाल आउने नागरिकका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अन्य गन्तब्य सरह हुने ।

 

९.(कहिले खुल्छ टिकट ?)
घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने यातायात व्यवस्था विभागको तयारी / अग्रिम टिकट खुलाउँदा लकडाउन भयो भने समस्या पर्नसक्ने राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासघंको भनाई ।

 

१०.(जति दियो त्यति कम)
करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुको भनाई /आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने दाबी/सवारी साधनको डाउनपेमेन्ट १० प्रतिशतमा झार्न आग्रह ।

 

११.(केरुङको व्यथा)
करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा देशभरका थोक व्यापारीहरु मारमा /दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा व्यापारीहरु चिन्तित ।

 

१२.(परीक्षा रोकिन्न)
ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको प्रस्टोक्ति /राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने लगायतले १२ को परीक्षा रद्द गर्न नमिल्ने ।

 

१३.(बहिर्गमनमा नेपाली)
एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई साउदी सरकारले दियो बहिर्गमन भिसा /बहिर्गमन भिसा लागेकालाई स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासको अनुरोध ।

 

१४.(फेरि अर्काे चेतावनी )
कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागेर प्रयोगमा आएपनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने वैज्ञानिकहरुको चेतावनी / खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने दाबी ।

 

र,

१५.(यस्तो छ आज)
कोारेना महामारीबाट हालसम्म विश्वभर १० लाख २८ हजार बढी संक्रमितको मृत्यु /३ करोड ४५ लाख बढी संक्रमित हुँदा २ करोड ५७ लाख बढी निको भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

सम्बन्धित समाचार

Scroll to Top