×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ : दाङमा खुसियाली, बुटवलमा विरोध

१७ आश्विन २०७७

बुटवल/दाङ : प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी सदरमुकाम दाङ देउखुरीको भालुवाङ क्षेत्रमा राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्दै त्यससम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने निर्णय गरेको हो ।

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्ने निर्णय गर्दै त्यससम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको मन्त्री केसीले बताए ।

Advertisement
Advertisement

नेकपाको उच्च नेतृत्व तहमा नै छलफल भई प्रदेश ५ को सदरमुकाम दाङमा राख्ने र नामकरण लुम्बिनी गर्ने सहमति भएकाले अब प्रदेशसभाले पनि सोहीअनुसार निर्णय गर्ने जनाइएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो निर्णय गराउन उच्च तहको नेतृत्वलाई सहमत गराएका थिए ।

दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएलगत्तै मुख्यमन्त्री पोखरेलको गृहजिल्ला दाङमा निकै खुसियाली छाएको छ । उता यो निर्णयसँगै बुटबल क्षेत्रमा भने विरोध सुरु भएको छ ।

जनअपेक्षाअनुसार दाङ राजधानी बन्ने लगभग पक्कापक्की भएपछि दाङवासीहरू उत्साहित भएका हुन् । मुख्यमन्त्री पोख्रेलले ‘मुख्यमन्त्रीसँग राजधानी साटेको’ भनेर गलत प्रचारबाजी भइरहेका बेला दाङका लागि खुसीको कुरा बाहिर आएको प्रदेश सभासद् अमरबहादुर डाँगीले बताए ।

‘हामीले पहिल्यैदेखि नै दाङ राजधानी बन्छ भनेर भन्दै आएका थियौं । तर पत्याइएको थिएन, त्यो कुरा आज पुष्टि भएको छ,’ प्रदेश सांसद डाँगीले भने, ‘अब राजधानी दाङ बन्ने पक्का छ ।’

भौगोलिक वातावरण, सुरक्षाको दृष्टिकोणसँगै सबैलाई पायक पर्ने क्षेत्र भएकाले उपयुक्त भएर नै दाङलाई रोजिएको सांसद डाँगीले बताए । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घखाँचीको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको करिब ३४ बिघा क्षेत्रफलको भागलाई समेटेर दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्ताव गरिएको डाँगीले बताए ।

‘प्रदेश सभामा ८७ जना सांसद छन् । ५८ जना भए बहुमत पुग्छ,’ सांसद डाँगीले भने, ‘नेकपाका सांसद ५९÷६० जना छन् त्यसैले समस्या छैन ।’

सत्तारूढ नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले आफूहरूले निर्वाचनमा दंगाली जनतासँग गरेको वाचा पुरा गरेको बताए । ‘मुख्यमन्त्रीले बोलेको वाचा पूरा गर्नुभएको छ,’ खड्काले भने, ‘यो निर्णयले दंगाली मात्रै होइन, संघीयताको मर्म बुझेका सबै जनता खुसी हुनेछन् ।’

सिफारिस समितिले प्रस्ताव गरेभन्दा फरक किसिमले प्रदेशको राजधानी फरक ठाउँ र कार्यसूचीमा नभएको प्रस्ताव पेस गरिएको भन्दै प्रदेशसभाका केही सदस्यहरूले आपत्ति जनाएका थिए । राजधानीसम्बन्धी प्रस्ताव पेस भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू रमा अर्याल, फकरुदिन खान र बैजनाथ कलवारले असहमति जनाएका छन् ।

प्रदेशसभा बैठक १९ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक तथा रूपन्देहीका सांसद भूमिश्वर ढकालले पार्टीको निर्णय मान्नुपर्ने बताए । उनले भने, ‘प्रस्ताव प्रदेशसभामा पेस भएको छ, त्यहीबाट टुंगो लाग्नेछ ।’

Advertisement

प्रदेशसभाका विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले राजधानी र नामकरणको प्रस्ताव हचुवाका भरमा आएकाले आफूहरूलाई यो प्रस्ताव मान्य नभएको बताए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top