Nepal Times
Nepal Times
3
Shares

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय नाघ्यो

१७ आश्विन, एजेन्सी ।
भारतमा कोरोना कहर बढ्दै गएको छ ।

त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ८ सय ७५ जनाको मृत्यु भएको छ ।

त्यस्तै शुक्रबार मात्रै भारतमा थप ७९ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ८३.७० प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७५ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ५४ लाख २७ हजार ७ सय ६ जना निको भएका छन् भने करिब ९ लाख ४५ हजार संक्रिय केस रहेका छन् ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)का अनुसार शुक्रबार साँझसम्म ७ करोड ७० लाखभन्दा बढी नमुना परीक्षण गरिएको छ । शुक्रबार मात्रै ११ लाखभन्दा बढी नमुना परीक्षण भएको आईसीएमआरले जनाएको छ ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो भने कोरोनाबाट धेरै मृत्यु हुने तेस्रो मुलुक बनेको छ । अमेरिकामा कोरोना भाइरसबाट करिब २ लाख ८ हजार जनाको मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ४४ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म ७३ लाख ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म २ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब २९ लाख निको भएका छन् ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वभर करिब ३ करोड ४५ लाख जनामा कोरोना पुष्टि भएको छ भने १० लाख २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब २ करोड ३९ लाखभन्दा बढी निको भइसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.