×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै

१७ आश्विन २०७७

१७ असाेज, चितवन ।

ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आएका छन् । उनले हात्ती पाल्न थालेका करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पालेका उनले अहिले छ वटा पालेका छन् तर, हात्ती सफारीका लागि प्रयोग हुँदैनन् ।

Advertisement
Advertisement

किन की हात्ती सबै सफारीका लागि योग्य छैनन् । कुनै हात्ती अपाङ्गता भएका छन् त कुनै अशक्त । यी हात्तीहरू सफारीका क्रममा घाइते भएका हुन् । उनले अझै हात्तीको सङ्ख्या बढाउने योजना बनाएका छन् ।

हात्तीले सफारीको काम नगरे पनि गिरी भने खुशी छन् हात्तीका गतिविधि देखाएर नै उनले सफारीसरह पैसा भने कमाउन सकेको बताउँछन् । । दुई वर्षदेखि उनले हात्तीलाई सेन्चुरी निर्माण गरी राख्दै आएका छन् । हात्ती नजिकैको बूढीराप्तीमा दिनभर चर्छन्, खोलामा नुहाउँछन् र अरु बेला सेन्चुरीमा बस्छन् ।

सेन्चुरी भनेको हात्तीलाई बिना साङ्लो एउटा घेरामा खुलारुपमा राखिएको ठाउँ हो जहाँ हात्ती पर्यटकका लागि विभिन्न किसिमका खेल, नाच र अन्य रोमाञ्चक गतिविधि देखाउने गर्दछन् । त्योबापत पैसा तिर्छन् । एक हात्तीका लागि मासिक रु ६० हजारदेखि एक लाखसम्म खर्च हुने गर्दछ । यो कामका लागि एक अन्तर्राष्ट्रिय संस्थाले उनलाई सहयोग पनि गर्दै आइरहेको छ । हात्ती सङ्कटमा पर्न थालेसँगै यहाँका व्यवसायी चिन्तित पनि छन् ।

“पोथी हात्ती दुई वर्षसम्म गर्भावस्थामा रहन्छन्”, गिरीले भने, “बच्चा पाउँदा आमा मर्ने सम्भावना बढी हुन्छ । हात्तीको सङ्ख्या बढाउन सजिलो छैन”, गिरीले हात्तीलाई लोप हुन नदिन ‘एलिफेन्ट सेन्चुरी’ एक महत्वपूर्ण पाटो भएको बताउँछन्। समयमै संरक्षण गर्न नसके भावी पुस्तालाई हात्ती देखाउन नसकिने उनको भनाइ छ ।

हात्तीको सङ्ख्या वृद्धि गर्न चितवन राष्ट्रिय निकुञ्जले हात्ती प्रजनन केन्द्र पनि स्थापना गरेको छ । हात्ती निकुञ्जको संरक्षणको काममा पनि प्रयोग हुँदै आइरहेका छन् । कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण यहाँका व्यवसायीलाई हात्तीलाई पाल्न गारो भइरहेको छ । भारतबाट भाडामा ल्याएका केही हात्तीलाई फिर्ता पनि पठाइएको छ ।

पछिल्लो समय एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा एशियन हात्तीको सङ्ख्यामा कमी आइरहेको जनाइएको छ । बेला बेलामा उठ्ने पशु अधिकारका कुराले पनि यहाँका व्यवसायीलाई सास्ती व्यहोर्न परेको छ । यहाँका व्यवसायीले पनि हात्तीलाई सफारीमा प्रयोग नगरी हात्तीबाट आम्दानी गर्दै यसको संरक्षणमा चासो दिएका छन् । यसको विकल्प ‘एलिफेन्ट सेन्चुरी’ हो भन्ने निष्र्कषमा पुगिएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा एलिफेन्ट सेन्चुरी बनाउने बारे छलफल भइरहेको बताए । “हात्ती चढ्ने हात्तीमै चढेर निकुञ्ज घुम्नेछन”, उनले भने, “हात्ती सफारी नरुचाउनेले एलिफेन्ट सेन्चुरीमा हात्तीका गतिविधि अवलोकन गर्न पाउनेछन् ।” उनका अनुसार हात्ती सफारीमा लैजान अयोग्य सबै हात्तीलाई खुल्ला चिडियाखानाको मोडलमा एलिफेन्ट सेन्चुरी क्षेत्र बनाउने योजनाबारे बहस चलेको छ । “हात्तीको दिनभरको गतिविधि नियाल्न चाहनेलाई सहज पनि हुने छ”, उनले भने, “अबको १५ वर्षपछि हात्ती सफारी विभिन्न कारणले बन्द भएछ भने पनि यसको गतिविधि हेर्न मिल्ने स्थानको सुनिश्चितता रहनेछ ।”

Advertisement

युनाइटेट हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले ‘एलिफेन्ट सेन्चुरी’ ले व्यावसायिकता र हात्ती संरक्षणमा टेवा पुग्ने बताउँछन् । ‘एलिफेन्ट सेन्चुरी’ भारतको नयाँदिल्लीमा सञ्चालन गरिँदै आइएको उनले बताए । सौराहामा निजी क्षेत्रका ७० बढी हात्ती छन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहामा ५५ हात्ती छन् भने अन्य ठूला होटल व्यवसायी मातहतका १५ हात्ती छन् ।रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top