शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

२४ बैशाख ७५, मंगलबार

भीमदत्तनगर, २५ वैशाख ः वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ ।

वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए ।

निकुञ्जभित्रको रानी ताल र सालगौडी ताल व्यवस्थापन गरी थप सुविधायुक्त बनाउनसमेत बजेट आएको उनले बताए । निकुञ्जभित्र यसअघि विभिन्न सयमा गरेर करीब एक दर्जन ताल निर्माण भइसकेका छन् । “चालू आवमा ६ वटा ताल खनिँदैछन् ।” उनले भने, “कृत्रिम तालका कारण वन्यजन्तुलाई सहज भएको छ ।” शुक्लाफाँटामा प्राकृतिक र कृत्रिम गरी करिब दुई दर्जन ताल छन् ।

Advertisement

शुक्लाफाँटाभएर चौधर नदी समेत बग्छ । खडेरीका कारण वन्यजन्तुलाई पानी पिउन समस्या नहोस् भनेर ताल थप्ने क्रम जारी छ । आवश्यकताअनुसार निकुञ्जको अण्डैया, लालपानी, बर्कौलालगायत क्षेत्रमा ताल बनाइनुका साथै पानी तान्न ट्युवबेलको प्रबन्ध मिलाइएको छ । ठेक्का प्रक्रियामार्फत हरेक वर्ष यहाँ ताल निर्माण भइरहेका छन् ।

“गर्मी मौसममा पानीका मुहान सुक्नाका साथै डढेलोबाट वन्यजन्तु प्रभावित हुने गर्छन्,” घिमिरेले भने, “अहिले कृत्रिम तालमा पानी भरेर वन्यजन्तुका लागि सहज बनाएका छौँ ।” निकुञ्जभित्रका रानी ताल, बठनिया ताल र बाबा ताल संरक्षणको अभावमा पुरिँदै गएका छन् । बजेट अभावले निकुञ्ज प्रशासनले यहाँका प्राकृतिक तालको संरक्षण एवं संवद्र्धन गर्न सकिरहेको छैन ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top