१८ असोज, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।असोज १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।
थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।
आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।