×

NEPAL TIMES UPDATES

Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026

विरोध प्रदर्शन रोक्न बुटवलका मुख्य चोक निषेधित क्षेत्र घोषणा

१८ आश्विन २०७७

१८ असोज, बुटवल ।

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति जारी गरेको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ  ।

स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हो ।

सूचनामा प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको उल्लेख छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।

यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

प्रशासनले निषेधित क्षेत्र तोकेपछि कांग्रेसले आह्वान गरेको रुपन्देही बन्द र रुपन्देहीका दुई दर्जन बढी व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा आइतबार बिहान संयुक्तरुपमा आयोजना गरेको प्रदर्शन प्रभावित हुने देखिएको छ ।

राजधानी सार्ने प्रस्तावको विरोधमा हुने आन्दोलन रोक्न चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेकोप्रति नेकपाकै कार्यकर्ता र स्थानीयले लोकतन्त्रविरूद्धको हर्कत भन्दै आलोचना गरेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top