NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
Next
Prev

समाचार

श्रीमान्, ससुरा र नन्दका श्रीमानद्वारा पटक पटक बलात्कार, पानी माग्दा पनि मुखमा पिसाब फेरिदिए

आइतवार अशोज १८ , २०७७
Reading Time: 1 min read
A A
चौपायाले बाली खाईदिएको भन्दै बुद्धालाई मलमुत्र खुवाईयो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बझाङ : आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती ।

बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य छटपटी र चीत्कारले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

शनिबार भेट्दा उनी चार दिनपछि पूर्ण होसमा आएकी रहिछन् । ‘पापीहरू सबै लागेर मलाई बलात्कार गरे । आफूले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए,’ उनले भनिन्, ‘पानी त खान देओ भन्दा पनि दिएनन् । उल्टै सबैले मुखमा पिसाब फेरिदिए । प्यास मेटाउन त्यो पनि खाएँ । चुरोटले जीउभरि पोले ।’ आफूले भोगेको चरम यातना र शृंखलाबद्ध बलात्कारको पीडा सुनाउन खोज्दाखोज्दै उनी फेरि बेहोस भइन् । बेहोसीमै रुँदै बर्बराउन थालिन् । ‘मैले कसैको पाप त गरेको थिइनँ । मलाई यो हालतमा किन पुर्‍याए ?’ यति भन्दाभन्दै उनले हातमा लगाएको क्यानुला चुँडाइन्, ‘तपाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन काट्यो ? कसले काट्यो ? मैले के अपराध गरें ?’

LS Auto

नजिकै बसेर उनको यो हालत हेरिरहेकी र उनीमाथिको अत्याचारबारे जानकार एक नर्स आँखाभरि आँसु पार्दै डाक्टर बोलाउन गइन् । केहीबेरमै आएका डा. सन्दीप ओखेडा र मिलन खड्काले उनलाई फकाउँदै हातका नसा खोजे, फेरि क्यानुला घोपे र इन्जेक्सन लगाइदिए । केहीबेरमा उनी सुस्ताउन थालिन् । उनी शान्त भएपछि पीडितका काकाले घटनाको बेलिबिस्तार लगाए । माइती घर बुंगल नगरपालिका–२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका–९ सुनकुडाका एक युवकसँग विवाह भयो । नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरेपछि काकाले संरक्षण गरे र उनैले २०७४ असारमा कन्यादान गरे । ‘पहिलो वर्ष त राम्रै थियो । त्यसपछि मेरी छोरीमाथि जे भयो म कसरी बताऊँ ?’ काकाले भने, ‘दुःख गरेर हुर्काएकी मेरी छोरीलाई राक्षसहरूले दिनु दुःख दिएछन् ।’

विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे । एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै झारफुकतिर पनि लागे । त्यसपछि सबै भारतको बेंग्लोर पुगे । त्यहाँँ काम नपाएपछि पीडित युवतीसहित सासू र नन्दलाई बेंग्लोरमै रहेको जेठी छोरीको कोठामा छोडेर ससुरासहित काम खोज्न तमिलनाडु पुगे । तमिलनाडुको जिपुर अग्नासी भन्ने ठाउँको एउटा कपडा कारखानामा सबैका लागि काम खोजेर ससुरा र श्रीमान् उनीहरूलाई लिन बेंग्लोर फर्किए । उनीहरूका साथ लागेर बेंग्लोरमै रहेका उनका नन्दको परिवार पनि काम गर्न तमिलनाडु पुग्यो । कारखानाले नै उपलब्ध गराएको दुईवटा सुत्ने कोठा र एउटा भान्सा कोठा भएको फ्ल्याटमा उनीहरू बस्न थाले । महिलाहरू (पीडित युवती, सासू र नन्द) दिउँसो कम्पनीमा गएर धागो बनाउने काम गर्थे । पीडितका श्रीमान् १५ दिन दिउँसो र १५ दिन राति त्यही कम्पनीमा चौकीदारी गर्थे । ससुराको दिउँसोको ड्युटी थियो ।

‘उनका श्रीमान्को राति ड्युटी परेका दिन ससुराले सुत्ने बेला दूधमा बेहोस हुने औषधि हालेर खुवाउँदो रहेछ अनि बलात्कार गर्ने रहेछ,’ पीडितका काकाले भने, ‘श्रीमान् कोठामा नभएको रात आफूमाथि यौनसम्पर्क भएको कुरा छोरीले बिहान मात्रै (शरीरमा लागेको वीर्य आदिको माध्यमबाट) थाहा पाउने रैछ ।’ दिनहुँ श्रीमान् नभएका बेला सम्पर्क हुन थालेपछि उनले एक दिन ससुराले दिएको दूध खाए जस्तो मात्रै गरेर सुटुक्क फालिदिएपछि घटनाको रहस्य पत्ता लाग्यो । ‘उनी चिच्याएपछि सासू र ससुरा लागेर कुटेछन् । सासूले हातखुट्टा च्यापिछन्, ससुराले बलात्कार गरेछन्,’ उनले भने ।

भोलिपल्ट बिहान ससुराले गरेको सबै कुकर्म उनले श्रीमान्लाई बताइन् तर श्रीमान्ले साथ दिनुको सट्टा उल्टै ससुरालाई साथ दिए । त्यसपछि बलात्कार र यातनाको क्रम झन् हिंस्रक हुँदै गयो । ‘त्यो कुरा श्रीमान्लाई भनिसकेपछि त राक्षसहरूले झन् सास्ती दिन थालेछन्,’ पीडितले सुनाएको आधारमा काका भन्दै थिए, ‘रक्सी खाएर तीनै जना (श्रीमान्, ससुरा र नन्दका श्रीमान्) मातेर आउँथे । बलात्कार गर्न नदिए चुरोटले स्तन, पेट, तिघ्रा र संवेदनशील अंगमा पोल्थे । यो कुरा बाहिर भने मारिदिन्छु भन्थे । अनि तीनै जना रातभर सँगै बलात्कार गर्थे ।’

यसैबीच युवतीको पेटमा गर्भ रह्यो । दुई महिनासम्म महिनावारी नभएको थाहा पाएपछि उनका ससुराले नै तमिलनाडुको एक अस्पतालमा लगेर गर्भपतन गराए । ‘गर्भपतन गराएकै दिन दुई जना अन्य मानिस बोलाएर पाँच/पाँच हजार भारु लिएर फेरि उसलाई बलात्कार गर्न लगाएछन्,’ पीडितका काकाले भने, ‘बाबु र छोरा ढोकामा बसेर उनीहरूलाई भित्र पठाएछन् । पीडाले छटपटाएकी छोरीले पानी देऊ भन्दा उसको मुखमा पिसाब फेरिदिएछन् ।’

त्यस दिन बाहिरबाट बलात्कार गर्न आउने दुई जना नेपाली भए पनि छोरीले नचिनेको काकाले बताए । ससुरा, श्रीमान् र नन्दका श्रीमान्ले आफूलाई मन लाग्दा बलात्कार गर्ने र अरू बेला पैसा लिएर बाहिरका मान्छे बोलाएर नियमित बलात्कारमा लगाउने गरेका रहेछन् । यसैबीच उनलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले स्थायी बन्ध्याकरण (मिनिल्याप) पनि गराइएको काकाले सुनाए । ‘कहिले बन्ध्याकरण गराए भन्न सक्दिनन्,’ उनले भने, ‘सायद बेहोस बनाएर त्यसो गरिएको हुन सक्छ ।’

जिल्ला अस्पतालकी मनोसामाजिक परामर्शकर्ता शान्ति अवस्थीले लगातारको बलात्कार र यातनाका कारण उनी गम्भीर खालको मानसिक समस्यामा परेको बताइन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२

विचार

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२

थप समाचार

Ümraniye Escort

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी
समाचार

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश
समाचार

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्
समाचार

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.