श्रीमान्, ससुरा र नन्दका श्रीमानद्वारा पटक पटक बलात्कार, पानी माग्दा पनि मुखमा पिसाब फेरिदिए

१७ असोज ७७, आइतबार

बझाङ : आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती ।

बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य छटपटी र चीत्कारले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

शनिबार भेट्दा उनी चार दिनपछि पूर्ण होसमा आएकी रहिछन् । ‘पापीहरू सबै लागेर मलाई बलात्कार गरे । आफूले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए,’ उनले भनिन्, ‘पानी त खान देओ भन्दा पनि दिएनन् । उल्टै सबैले मुखमा पिसाब फेरिदिए । प्यास मेटाउन त्यो पनि खाएँ । चुरोटले जीउभरि पोले ।’ आफूले भोगेको चरम यातना र शृंखलाबद्ध बलात्कारको पीडा सुनाउन खोज्दाखोज्दै उनी फेरि बेहोस भइन् । बेहोसीमै रुँदै बर्बराउन थालिन् । ‘मैले कसैको पाप त गरेको थिइनँ । मलाई यो हालतमा किन पुर्‍याए ?’ यति भन्दाभन्दै उनले हातमा लगाएको क्यानुला चुँडाइन्, ‘तपाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन काट्यो ? कसले काट्यो ? मैले के अपराध गरें ?’

Advertisement

नजिकै बसेर उनको यो हालत हेरिरहेकी र उनीमाथिको अत्याचारबारे जानकार एक नर्स आँखाभरि आँसु पार्दै डाक्टर बोलाउन गइन् । केहीबेरमै आएका डा. सन्दीप ओखेडा र मिलन खड्काले उनलाई फकाउँदै हातका नसा खोजे, फेरि क्यानुला घोपे र इन्जेक्सन लगाइदिए । केहीबेरमा उनी सुस्ताउन थालिन् । उनी शान्त भएपछि पीडितका काकाले घटनाको बेलिबिस्तार लगाए । माइती घर बुंगल नगरपालिका–२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका–९ सुनकुडाका एक युवकसँग विवाह भयो । नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरेपछि काकाले संरक्षण गरे र उनैले २०७४ असारमा कन्यादान गरे । ‘पहिलो वर्ष त राम्रै थियो । त्यसपछि मेरी छोरीमाथि जे भयो म कसरी बताऊँ ?’ काकाले भने, ‘दुःख गरेर हुर्काएकी मेरी छोरीलाई राक्षसहरूले दिनु दुःख दिएछन् ।’

विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे । एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै झारफुकतिर पनि लागे । त्यसपछि सबै भारतको बेंग्लोर पुगे । त्यहाँँ काम नपाएपछि पीडित युवतीसहित सासू र नन्दलाई बेंग्लोरमै रहेको जेठी छोरीको कोठामा छोडेर ससुरासहित काम खोज्न तमिलनाडु पुगे । तमिलनाडुको जिपुर अग्नासी भन्ने ठाउँको एउटा कपडा कारखानामा सबैका लागि काम खोजेर ससुरा र श्रीमान् उनीहरूलाई लिन बेंग्लोर फर्किए । उनीहरूका साथ लागेर बेंग्लोरमै रहेका उनका नन्दको परिवार पनि काम गर्न तमिलनाडु पुग्यो । कारखानाले नै उपलब्ध गराएको दुईवटा सुत्ने कोठा र एउटा भान्सा कोठा भएको फ्ल्याटमा उनीहरू बस्न थाले । महिलाहरू (पीडित युवती, सासू र नन्द) दिउँसो कम्पनीमा गएर धागो बनाउने काम गर्थे । पीडितका श्रीमान् १५ दिन दिउँसो र १५ दिन राति त्यही कम्पनीमा चौकीदारी गर्थे । ससुराको दिउँसोको ड्युटी थियो ।

Advertisement

‘उनका श्रीमान्को राति ड्युटी परेका दिन ससुराले सुत्ने बेला दूधमा बेहोस हुने औषधि हालेर खुवाउँदो रहेछ अनि बलात्कार गर्ने रहेछ,’ पीडितका काकाले भने, ‘श्रीमान् कोठामा नभएको रात आफूमाथि यौनसम्पर्क भएको कुरा छोरीले बिहान मात्रै (शरीरमा लागेको वीर्य आदिको माध्यमबाट) थाहा पाउने रैछ ।’ दिनहुँ श्रीमान् नभएका बेला सम्पर्क हुन थालेपछि उनले एक दिन ससुराले दिएको दूध खाए जस्तो मात्रै गरेर सुटुक्क फालिदिएपछि घटनाको रहस्य पत्ता लाग्यो । ‘उनी चिच्याएपछि सासू र ससुरा लागेर कुटेछन् । सासूले हातखुट्टा च्यापिछन्, ससुराले बलात्कार गरेछन्,’ उनले भने ।

भोलिपल्ट बिहान ससुराले गरेको सबै कुकर्म उनले श्रीमान्लाई बताइन् तर श्रीमान्ले साथ दिनुको सट्टा उल्टै ससुरालाई साथ दिए । त्यसपछि बलात्कार र यातनाको क्रम झन् हिंस्रक हुँदै गयो । ‘त्यो कुरा श्रीमान्लाई भनिसकेपछि त राक्षसहरूले झन् सास्ती दिन थालेछन्,’ पीडितले सुनाएको आधारमा काका भन्दै थिए, ‘रक्सी खाएर तीनै जना (श्रीमान्, ससुरा र नन्दका श्रीमान्) मातेर आउँथे । बलात्कार गर्न नदिए चुरोटले स्तन, पेट, तिघ्रा र संवेदनशील अंगमा पोल्थे । यो कुरा बाहिर भने मारिदिन्छु भन्थे । अनि तीनै जना रातभर सँगै बलात्कार गर्थे ।’

यसैबीच युवतीको पेटमा गर्भ रह्यो । दुई महिनासम्म महिनावारी नभएको थाहा पाएपछि उनका ससुराले नै तमिलनाडुको एक अस्पतालमा लगेर गर्भपतन गराए । ‘गर्भपतन गराएकै दिन दुई जना अन्य मानिस बोलाएर पाँच/पाँच हजार भारु लिएर फेरि उसलाई बलात्कार गर्न लगाएछन्,’ पीडितका काकाले भने, ‘बाबु र छोरा ढोकामा बसेर उनीहरूलाई भित्र पठाएछन् । पीडाले छटपटाएकी छोरीले पानी देऊ भन्दा उसको मुखमा पिसाब फेरिदिएछन् ।’

त्यस दिन बाहिरबाट बलात्कार गर्न आउने दुई जना नेपाली भए पनि छोरीले नचिनेको काकाले बताए । ससुरा, श्रीमान् र नन्दका श्रीमान्ले आफूलाई मन लाग्दा बलात्कार गर्ने र अरू बेला पैसा लिएर बाहिरका मान्छे बोलाएर नियमित बलात्कारमा लगाउने गरेका रहेछन् । यसैबीच उनलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले स्थायी बन्ध्याकरण (मिनिल्याप) पनि गराइएको काकाले सुनाए । ‘कहिले बन्ध्याकरण गराए भन्न सक्दिनन्,’ उनले भने, ‘सायद बेहोस बनाएर त्यसो गरिएको हुन सक्छ ।’

जिल्ला अस्पतालकी मनोसामाजिक परामर्शकर्ता शान्ति अवस्थीले लगातारको बलात्कार र यातनाका कारण उनी गम्भीर खालको मानसिक समस्यामा परेको बताइन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top