नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

१८ असाेज, काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्को बैठकको मिति तय नभएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।

Advertisement

प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा छन् । उनले सबै भेटघाट बन्द गरेपछि आइतबारको पार्टी सचिवालय बैठक स्थगित गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले सरकारले हालै गरेका राजनीतिक नियुक्तिलाई लिएर असन्तुष्टि जनाएका छन् । मुख्यसचिव र तीन राजदूतको नियुक्ति पार्टी स्थायी कमिटीको निर्णयको मर्मविपरित भएको भन्दै ती नेताहरुको असन्तुष्टि छ । त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top