संसद भवन निर्माणले गति लियो, दुई वर्षमा सक्ने लक्ष्य

१८ असोज ७७, सोमबार

काठमाडौं : सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गर्नुभएको राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य धमाधम भैरहेको छ ।

विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीका अनुसार भवन निर्माणको काम १० प्रतिशत सम्पन्न भएको हो । उहाँले कोभिडका कारणले निर्माण सामाग्रीको सहज उपलब्धता हुन नसक्दा सोचेको जस्तो प्रगति हात पार्न नसकेको बताउनुभयो । तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवननको निर्माणमा त्यस्तो समस्या नआएमा तोकिएकै समयमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

विशेष भवन निर्माण आयोजनाका प्रमुख भण्डारीका अनुसार उक्त भवन निर्माणको लागत सात अर्ब ७३ करोड ५२ लाख चार हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले पाँच अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेर निर्माणको काम गरिरहेको छ ।

Advertisement

निर्माण सुरु गरेको तीन बर्षमा वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने रकम जोगाउने गरि निर्माणको कार्य भैरहेको उहाँले बताउनुभयो ।

सिंहदरबार भित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।

Advertisement

प्रतिनिधि सभाको ग्राउण्ड फ्र्लोरको काम भैरहेको भण्डारीले बताउनुभयो । राष्ट्रियसभाको भवनको ग्राउण्ड फ्र्लोरको काम भईरहेको छ । संसदीय समितिको भवन र सचिवालयको भवनका ढलान कार्य भैरहेको भण्डारीले जानकारी दिनुभयो ।

संसदीय दलका कार्यालयहरु, सेक्युरिटीको भवनको काम तत्कालै सुरु गरिने उहाँले बताउनुभयो । अर्को निर्वाचनवाट विजयी हुने सांसदहरु भवनमै सार्ने तरिकाले काम भैरहेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरि काम गरिरहेको छ । कोभिडको समयमा कामदार र निर्माण सामाग्री समेत रोकिएपछि समस्या भयो तर सामान रोकिएन र नियमित रुपमा काम भयो भने तोकिएको समयमा काम सकिने उहाँले बताउनुभयो ।

संघीय संसद भवन १७३ रोपनी आठ आना क्षेत्रफलमा बन्दैछ । संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, छपाइ भवन र सात सय वटा सवारीसाधन अट्ने पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्नेछन् ।

तिनीहरुको केहीको निर्माण कार्य सुरु भैसकेको र केहीको तत्कालै सुरु गर्ने तयारीमा निर्माण कम्पनीले जनाएको छ । प्रतिनिधिसभाको भवन चार सय सिट क्षमताको र राष्ट्रियसभाको भवन एक सय सिट क्षमताको बन्नेछन् । नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुनेछन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top