प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको नाराबाजी, संसद बैठक स्थगित

१९ असाेज, बुटवल

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । संसदीय मर्यादा कायम नभएको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।

राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ । प्रदेशसभामा राजधानी र नामांकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।

Advertisement

बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताए । उनले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । ‘मुख्यमन्त्री भनेको प्रदेशभरको हो, उहाँ शालिन नेता हो । तर भेगीय राजनीतिमा लाग्नुभयो । राजधानीको प्रस्ताव ल्याउँदा सहमति हुनुपथ्र्यो । खुसीको दिन हो, हर्ष हुनुपर्ने हो । तर बाहिर निषेधाज्ञा छ । मान्छे पक्राउ गरिएको छ । यो तानाशाही शैली भयो, ‘उनले भने ।

केपी ओलीको बुई चढेर राजधानीको प्रस्ताव ल्याउन गलत भएको भन्दै जनताले खुसी मनाउने गरी अघि बढ्नुपर्ने उनले बताए । राजनीति स्वार्थका लागि राजधानी सारिएको तर्क कांग्रेसको छ ।

Advertisement

लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् । संसद अवरुद्धपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियाे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top