दार्चुला जिल्ला खुला दिसामुक्त घोषित

२५ बैशाख ७५, बुधबार

दार्चुला, २६ वैशाख ः ‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा जिल्ला सदरमुकाममा रहेको खुलामञ्चमा भएको एक भव्य समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख करवीरसिंह कार्कीले प्रतिबद्धता वाचन गर्दै जिल्ला खुला दिशामुक्त भएको घोषणा गरेका हुन् ।

जिल्लाभरि रहेका कूल २६ हजार २६ घरधुरीमा तथा सार्वजनिकस्थलमा शौचालय निर्माण भई प्रयोगमा आएसँगै जिल्लालाई मंगलबार खुला दिसामुक्त घोषणा गरिएको हो ।

Advertisement

दार्चुला जिल्लालाई सन् २०१६ मै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको भएपनि लक्ष्य प्राप्ति हुन नसकेपछि सन् २०१८ मा आएर खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभिप्रायका साथ २०६६ साल असोज ५ गते साविकको धारी गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो भने महाकाली नगरपालिकालाई २०७४ साल माघ १५ गते खुला दिसामुक्त घोषणा गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने तयारी थालिएको थियो ।

Advertisement

जिल्लामा सरसफाइको पहुँचको अवस्था शतप्रतिशत रहेको छ । जिल्लामा ९७ प्रतिशत सुधारिएका शौचालय रहेका छन्, भने तीन प्रतिशत शौचालय कच्ची अवस्थामा रहेका छन् । २०६८ सालमा जिल्लामा सरसफाइको अवस्था १४ प्रतिशत रहेकोमा हाल १०० प्रतिशत रहेको छ ।

जिल्लालाई खुला दिसामुक्त गर्ने अभियानमा आर्थिक वर्ष २०६८÷६९ देखि हालसम्म रु १२ करोड ४१ लाख १८ हजार खर्च भएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी गराए ।

जिल्ला खुला दिसामुक्त कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक भोजराज भट्ट, सुरेश शाही, दीपा रोकाया, रेखा जोशी, पुष्पा बोहरा र गौरी भट्टले प्रस्तुति राख्नुका साथै लेकमको हुडकेउली नाच, दुहुँको सरौ नाच तथा व्याँसी सौकाको झाँकी प्रदर्शन गरिएका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top