पीएसजीका फरवार्ड इरिक म्याक्सिमा बायर्न म्युनिखमा अनुबन्धित

२० असोज, एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रेन्च च्याम्पियन पीएसजीका क्यामरुनी फरवार्ड इरिक म्याक्सिमा चौपो मोटिङलाई अनुबन्ध गरेको छ ।

बायर्न ३१ वर्षीय फरवार्डलाई एक सिजनका लागि फ्रि एजेन्टमार्फत अनुबन्ध गरेको हो । मोटिङको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो ।

मोटिङले ह्यामवर्ग, मेइन्ज र साल्केबाट खेल्दै प्रिमियर लिग स्टोक सिटीमा पुगेका थिए । स्टोकमा उनले ५ गोल गरेपनि स्टोक रेलिगेसनमा परेपछि २०१८ मा फ्रि ट्रान्सफरमार्फत पीएसजी पुगेका थिए । तर उनले पीएसजीमा उनले सुरुवाती रोजाईमा अवसर पाएनन् । पीएसजीसँग नेयमार र एमबाप्पेलगायतका विश्वस्तरीय खेलाडीहरु रहेको थियो ।

Advertisement

उनले गत अगस्टमा भएको च्याम्पियन्स लिगमा एटलान्टाविरुद्धको खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम समयमा गोल गर्दै पीएसजीलाई फाइनलको यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, उनको टोली बायर्नसँग फाइनलमा १–० ले पराजित हुदै उपाधिविहीन बनेको थियो ।

बायर्नका स्पोर्टिङ डाइरेक्टर हसन सलिहामिदजिकले इरिकले बायर्नमा राम्रो गर्न सक्ने बताएका छन् । उनले पीएसजीका राम्रो अनुभव हासिल गरेका छन् ।

मोटिङले पीएसजीबाट दुई सिजन खेल्दा ५१ खेलमा ९ गोल गरेका छन् । उनले पीएसजीबट दुईपटक लिग वान र समान एकपटक कप डि फ्रान्स र कप डि लिग जितेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top