Nepal Times
Nepal Times
3
Shares

पीएसजीका फरवार्ड इरिक म्याक्सिमा बायर्न म्युनिखमा अनुबन्धित

पीएसजीका फरवार्ड इरिक म्याक्सिमा बायर्न म्युनिखमा अनुबन्धित

२० असोज, एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रेन्च च्याम्पियन पीएसजीका क्यामरुनी फरवार्ड इरिक म्याक्सिमा चौपो मोटिङलाई अनुबन्ध गरेको छ ।

बायर्न ३१ वर्षीय फरवार्डलाई एक सिजनका लागि फ्रि एजेन्टमार्फत अनुबन्ध गरेको हो । मोटिङको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो ।

मोटिङले ह्यामवर्ग, मेइन्ज र साल्केबाट खेल्दै प्रिमियर लिग स्टोक सिटीमा पुगेका थिए । स्टोकमा उनले ५ गोल गरेपनि स्टोक रेलिगेसनमा परेपछि २०१८ मा फ्रि ट्रान्सफरमार्फत पीएसजी पुगेका थिए । तर उनले पीएसजीमा उनले सुरुवाती रोजाईमा अवसर पाएनन् । पीएसजीसँग नेयमार र एमबाप्पेलगायतका विश्वस्तरीय खेलाडीहरु रहेको थियो ।

उनले गत अगस्टमा भएको च्याम्पियन्स लिगमा एटलान्टाविरुद्धको खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम समयमा गोल गर्दै पीएसजीलाई फाइनलको यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, उनको टोली बायर्नसँग फाइनलमा १–० ले पराजित हुदै उपाधिविहीन बनेको थियो ।

बायर्नका स्पोर्टिङ डाइरेक्टर हसन सलिहामिदजिकले इरिकले बायर्नमा राम्रो गर्न सक्ने बताएका छन् । उनले पीएसजीका राम्रो अनुभव हासिल गरेका छन् ।

मोटिङले पीएसजीबाट दुई सिजन खेल्दा ५१ खेलमा ९ गोल गरेका छन् । उनले पीएसजीबट दुईपटक लिग वान र समान एकपटक कप डि फ्रान्स र कप डि लिग जितेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.