नेपाल–भारत सीमानाका तीन दिन सिल गर्ने निर्णय

१९ असोज ७७, मंगलबार

२० आश्विन, बारा ।
नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठकले तीन दिन सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरि सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापनबारे छलफल भएको बताइएको छ।

अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रण सम्बन्धी सूचना आदानप्रदान एंव शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुबै पक्षबीच सहमति भएको बैठकपछि बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले जानकारी दिए।

Advertisement

भारतका तर्फबाट विहारका पूर्वी चम्पारणका डिएम सिर्शक कपिल अशोकले बिहारमा दोस्रो चरणमा हुन लागेको राज्य सभाको निर्वाचनलाई स्वच्छ एंव मर्यादित रुपमा सम्पन्न गर्नका लागि तीन दिन सीमानाका सिल गर्ने र सो समयमा यातायात र मानिस आवतजावतसमेत पूर्ण रुपमा बन्द गर्ने सहमति दुबै पक्षबीच भएको बताए।

सीमा क्षेत्रमा हुने चोरी निकासी तथा तस्करी नियन्त्रण, कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरुको अदानप्रदान गरि सामूहिक रुपमा अगाडि बढ्ने समझदारी पनि भएको उनले जानकारी दिए।

Advertisement

बैठकमा नेपालको तर्फबाट भारत विहार राज्यको पूर्वी तथा पश्चिमी चम्पारण जिल्लासँग जोडिएको नेपालका रौतहट, बारा, पर्सा, चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख र वीरगञ्ज भन्सार कार्यालयका प्रमुखको सहभागिता रहेको थियो।

त्यस्तै बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी चम्पारणका डिएम अशोक तथा पश्चिम चम्पारणका डिएम कुन्दन कुमारको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिए।

उनका अनुसार बैठकमा नेपालका तर्फबाट २६ र भारतको तर्फबाट २३ जना गरी कूल ४९ जनाको सहभागिता रहेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top